प्रथम अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिता सार्वजनिक

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवक युवती दुबैलाई प्रतिनिधित्व गर्छ वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।

1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ । यस पटकको प्रश्नहरुको जवाफ कार्तिक ३० गते सम्ममा पठाउन सक्नु हुनेछ ।
6, महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रश्नहरुः
१, विनेसामको स्थापना कहिले भएको हो ?
२, अनेसासको केन्द्रिय कार्यालय कहां छ ?
३, विश्व थाहा दिबस कहिले मनाईन्छ ?
४, सबै भन्दा धेरै आँखा हुने जीव कुन हो ?
५, नेपालमा कांस्की पछि सबै भन्दा बढी पानी पर्ने ठांउ कुन हो ?
६, सिसा कलममा लेखिएको HB को पुरा अर्थ के हो ?
७, एक मिटर गहिराई र एक मिटर चौडाई भएको खाल्डोमा कति किलो माटो हुन्छ ?
८, पुलिस र जेल नभएको देश कुन हो ?
९, नेपालको पहिलो गीति चलचित्र कुन हो ?
१०, लेकको जंगललाई “पाल” भनिन्छ भने तराइको जंगललाई के भनिन्छ ?
११, सबैकुरा लुटिएपनि उसको भविष्य बाँकी नै रहेको हुन्छ यो कस्को भनाई हो ?
१२, जनमुक्ति सेना नेपालको औपचारिक रुपमा कहिले घोषणा गरेको थियो ?
१३, एउटै मात्र कृतिका कारण चर्चित नेपाली साहित्यकार को हुन ?
१४, सूर्य-ग्रहण अत्याधिक मात्रामा कति समय सम्म लाग्दछ ?
१५, नेपालको हिमाली क्षेत्रको जमीनमा पाइने एक प्रकारको बहुमुल्य प्राकृतिक जडिबुटी जसले आधा जीव र आधा बनस्पतिको रुप लिईन्छ त्यसको नाम के हो ?
१६, माओबादीले पहिलो पटक कुन सदरमुकाम र कहिले आक्रमण गरेको थियो ?
१७, नेपालको कुन जिल्ला र कुन जातीमा मानिसको मृत्युपछि उनीहरु शवलाई टुक्रा-टुक्रा पारी गिद्धलाई खुवाउँछन् ?
१८, पूर्वीय साहित्यले नाटकलाई केका रुपमा स्वीकार गरेको पाइन्छ ?
१९, बालकृष्ण समद्वारा रचना गरिएको “मुटुको व्यथा” कहिले रचना गरिएको थियो ?
२०, नेपालको सबै भन्दा पुरानो विभूषण कुन हो ?
२१, जापानी भाषामा अनुबाद भएको पहिलो नेपाली कृति कुन हो ?
२२, कुन महासागरमा मानिस डुब्दैन ?
२३, कुन कारमा टेक्यो भने चिप्लीन्छ ?
२४, विश्व शिक्षक दिवस प्रत्येक बर्ष कुन दिन मनाईन्छ ?
२५, विश्वको सबै भन्दा छोटो ब्यक्तिको नाम के हो र उसको कति बर्षको उमेरमा गिनिज बुकमा नाम लेखाईएको थियो ?

आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर

निर्णायक मन्डलः
खगेन्द्र अधिकारी “अमृत”, तिलक गुरुङ्ग, सुर्य विक्रम याक्खा, पुष्पक वली र सागर श्रेष्ठ

प्रायोजकहरुः
सागर श्रेष्ठ
खगेन्द्र अधिकारी अमृत
विष्णु बहादुर थापा
दुर्गा बहादुर भण्डारी
तिलक गुरुङ्ग

मिडिया पाट्नरहरुः
१, प्रवासी नेपाली डट कम्
२, नेपाल समुह डट कम्
३, डि सी नेपाल डट कम्
४, अभियान टाईम्स साप्ताहिक
५, विश्व नेपाली साहित्य महासंघ
६, मुग्लानी सौगात

Leave a Reply

Your email address will not be published. Required fields are marked *