नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न साथै युके गतिविधि (भिडियो सहित)

gfnl-uk-group
गत १८ डिसेम्बर २०१६ का दिन लण्डनमा विश्व नेपाली साहित्य महासङ्घ, युके साउथ शाखा र अनेसास युके च्याप्टरको सयुक्त आयोजनामा लण्डन पल्मस्टिड स्थित नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न भयो ।

थापाको जन्म १९ डिसेम्बर १८९५ भएको थियो भने मृत्यू ९ अप्रिल १९४६ मा भएको थियो । थापाको बारेमा साहित्यकार विजय हितान मगरले प्रकाश पार्नुभएको थियो । त्यस्तैगरि भूपि शेरचन, लैनसिंह बाग्देल र स्वर सम्राट नारायण गोपालको जन्म पनि डिसेम्बरमै पर्ने भएकोले चारै स्रष्टाहरुको तस्वीरमा माल्यार्पण गरिएको थियो ।
gfnl-uk-bijaya
भूपि शेरचनको बारेमा डा. रुपक श्रेष्ठ, लैनसिंह बाग्देलको बारेमा विश्वास दीप तिगेला र नारायण गोपालको बारेमा शिवजी श्रेष्ठले चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको शुरुवात चारै स्रष्टाहरुको तस्वीरमा माल्र्यापणबाट शुरु भए लगतै अनेसास र विश्व नेपाली साहित्य महासङ्ले युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीलाई सम्मान गरेको थियो ।

झण्डै ३ दर्जन कविता र आधा दर्जन सांगेतिक कोसेली प्रस्तुती पश्चात प्रमुख अतिथि डा.सुवेदीले युकेका साहित्य सिर्जना नेपालका भन्दा कम नभएको र अझै गुणस्तरिय पाएको बताउनु भयो । स्वयं सुवेदीले डुबसु क्षेत्रीको नामबाट साहित्य क्षेत्रमा प्रसिद्धि कमाईसक्नु भएको छ ।
gfnl-uk-group2
जन्मजयन्ति समारोहलाई साहित्यकार सुमल कुमार गुरुङले सभापतित्व गर्नुभएको थियो भने स्वागत मन्तब्य जानुका राईले गर्नु भएको थियो । कार्यक्रमलाई संचालन सन्तोष कार्की र लाराले गर्नुभएको थियो ।

————————————————————-

विश्व नेपाली साहित्य महासंघ साऊथ युके को नियमित बैठक

आशफोर्ड । गत आइतवार २७ नोभेम्बरका दिन विश्व नेपाली साहित्य महासंघ (बिनेसाम) साऊथ युके को नियमित बैठक बस्यो । यसै बर्षको मार्च महिनामा स्थापना भएपस्चात यता (बिनेसाम) साऊथ युके ले गरिसकेका संगठन पुर्बाधार र बिकास कार्यहरु बैठकमा प्रस्तुत गरिएको थियो । त्यसपछी संस्थाका भावि कार्यक्रमहरूका बारेमा बृहत छलफल गरियो ।
gfnl-south
डिसेम्बर १८ अाइतवारका दिन लन्डनमा नेपाली वाङमयका तीन महान सर्जक मास्टर मित्रसेन, भुपि सेरचन र लैनसिंग वागंदेल को जन्मदिवसलाई पारेर अन्तररास्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरसँगको सह-आयोजनामा एक ब्रिहत साहित्य गोष्टी गरिंदै छ ।

अनी ७ जनवरी २०१७ का दिन आसफर्डमा यसै संस्थाका कार्यसमितिका सदस्य तथा गायक थिर थापामगरको एकल संगितिक सॉझ हुन गैरहेको छ । त्यसको लगत्तै फेब्रुअरी ११ को साँझ भेलेन्टाइन डे को अवसरमा साहित्यिक तथा साङ्गितीक सॉझको आयोजना गरिन गैरहेको छ । साथै मार्च २५ का दिन संस्थाका सल्लाहकार तथा गीतकार घन थापामगरको ‘वर्णन’ एलबम बिमोचन तथा अर्थ आवर ईको साहित्य गोष्टी; र जुन ४ लन्डनमा वृहत वातावरण साहित्य गोष्टी आयोजना गरिने छ ।
बैठकको अन्तिम चरणमा संजिव राई (डायमन्ड लाहुरे)को नयाँ म्युजिक भिडियो ‘ड्युटि भन्दै डेटिगंतिर’ हेरेर त्यसमा अन्तरकृया पनि गरिएको थियो । साथै ठिरठिराऊँदो शिसिर ऋतु र आफ्ना घर वरिपरिका वाताबरण झल्काऊने बिषयमा आधारित अा-आफ्ना सृजना बाचन पनि गरिएको थियो । श्रीजना बाचन गर्नेहरुमा करिश्मा घम, जानुका राइ, घन थापामगर, ससाङ्क राइ, बिजय बहादुर सेन, शिव राइ, सन्जिव राइ, थिर थापामगर र बिजय हितान हुनुहुन्थ्यो ।
———————————————————–

कवी औतारी साइँलाको एकल कविता वाचन सम्पन्न

करीश्मा घम,
विश्व नेपाली साहित्य महासंघ साउथ यूके को आयोजनामा सेप्टेम्बर १८-२०१६ आइतबारका दिन आश्फोर्ड केन्टमा अवस्थित गोर्खा भिल्ला रेस्टुरेन्टमा कवि श्री औतारी साईला ( नर बहादुर गुरूंग ) को एकल कविता वाचन बड़ो हर्षोल्लासका साथ सुसम्पन्न भयो ।

यस कार्यक्रममा कवी औतारी ज्युले केवल कविता मात्र वाचन गर्नु भयन बल्कि विभिन्न विधामा पनि उत्तिकै दक्षता र दखल रहेछ भन्ने कुराको प्रमाण वाँहाको प्रस्तुतिले दर्शकहरूलाई सोच्न बाध्य बनायको थियो । वाँहाले बिचमा बिचमा दर्शकहरूलाई नाटकिय शैलीमा कवी शिरोमणी पौड्यालको कबिता बाचन र लोक भाकामा गीत पनि गाएर मनोरंजन प्रदान गर्नु भयो । उहाँका कविताहरूमा वास्तविकता र जीवन संगै सम्बन्धित घटनाहरूको बाहुल्यता रहेको कविताहरूले दर्शकहरूलाई निकै भावविहवल र मन्त्रमुग्ध पारेको थियो ।

autari-saila2
यस कार्यक्रमको प्रस्तोता कवि तथा गीतकार र समाज सेविका श्रीमती जानुका राई हुनु हुन्थ्यो । कवी सुरेन्द्रजीले बाँसुरीको मिठो धुन भरी कार्यक्रममा अझै रौनकता थप्नु भएको थियो । यसै गरी कार्यक्रम संगीतमय बनेको थियो गायक थीर थापाज्यूको मधुर हार्मुनियमको मिठो धुन र औतारी साईलाज्यूको सुपुत्र अनमोल गुरूंगको गितारको मधुर धुनले कार्यक्रमलाई निकै रोचक बनायको थियो । कवि औतारी साइलाको जीवनीको बारेमा जानकारी दिनु भयको थियो यस कार्यक्रमका आयोजक लेखक श्री विजय हितान मगरज्यूले । अन्त्यमा औतारी साइलाको कविताको संक्षिप्त विस्लेषण गरी दिनु भएको थियो कवि, गीतकार समाज सेवी र विश्व नेपाली साहित्य महासंघका अध्यक्ष श्री विश्वासदीप तिगेलाज्यूले ।
autari-saila
यसरी यो कार्यक्रमलाई अन्त्यमा विजय हितानज्यूले विसर्जन गर्नु भएको थियो । कार्यक्रम अतिनै रोचकताको साथ सफलतापूर्वक सन्पन्न भयको थियो । अबको केही महिनामा विनेसाम साउथ यु के का अर्का सदस्य स्रश्टाको एकल संगित/साहित्य साँझको आयोजना गरिदिने वाँहाले जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *