युवा गजलकार निश्चल निंगलेकुको “सिसिफस जीवन” सार्वजनिक

nishal
संगीता पनेरु, काठमाडौं । युवा गजलकार निश्चल निंगलेकु (पिएस लिम्बु) को गजल संग्रह “सिसिफस जीवन” लोकार्पण भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा शुक्रबार विश्व नेपाली साहित्य महासंघको आयोजनामा एक कार्यक्रमकावीच “सिसिफस जीवन”को लोकापर्ण गरिएको हो ।

वरिष्ठ साहित्यकार तथा संचारकर्मी रमेश पौडेलको सभापतित्व, वरिष्ठ कवि तथा प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमीरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त लोकापर्ण कार्यक्रममा सांसद् जाकिर हुसैन, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, युएइका लागि पूर्व राजदूत तथा सार्क महासचिव अर्जुन बहादुर थापा, वरिष्ठ गजलकार घनश्याम न्यौपाने,एनआरएनएका पूर्व उपाध्यक्ष रामेश्वर शाह तथा गजलकार लोकेन्द्र बन्जाराको आतिथ्यतामा गजल संग्रह “सिसिफस जीवन”को लोकापर्ण गरिएको थियो ।

कार्यक्रममा उपकुलपति घिमीरेले विदेशी भूमिमा अहोरात्र काममा खटिनुपर्ने अवस्थामा समेत नेपाली भाषा साहित्यको विकासमा लागेकोमा प्रसंसा गर्दै नेपालीहरु संसारको जुनै कुनामा पुगेपनि पासपोर्टमात्र बोकेर होइन देशै बोकेर गएको बताउनु भएको थियो ।

nishal-niglekhu-2
घिमीरेले विश्व नेपाली साहित्य महासंघले प्रवासमा नेपाली साहित्य र संस्कृतिको विकासमा योगदान पु¥याएको बताउँदै प्रवासमा रचना गरिएका कविता, गीत, गजल, कथाहरु र अन्य र्सिजनामा देश पाइने गरेको बताउनु भयो ।

त्यस्तै सार्क महासचिव अर्जुन बहादुर थापाले खाडीको ५० डिग्रीको प्रचण्ड गर्मीमा काम गर्दा पनि आफ्नो उत्साह र सिर्जनालाई नमारेर नेपाली साहित्यको संरक्षणमा लागेको बताउदै गजलकार पिएस लिम्बु युएइको नेपाली समाजमा सक्रिय भूमिका निभाउने व्यक्तिको रुपमा परिचित भएको भन्दै सह्राना गर्नु भयो ।

त्यस्तै सांसद् जाकिर हुसैनले पिएस लिम्बु व्यवसायी, बौद्धिक व्यक्तित्व र युवा साहित्यकार रहेको बताउनु भयो ।

त्यस्तै वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले विगतमा जस्ता गलजहरु ल्ेखिए पनि अहिले उत्कृष्ट गजल लेख्नका लागि फलामको चिउरा चपाए सरी हुने बताउदै अहिले पाठक आफै सचेत भएकोले राम्रो मात्रै होइन उत्कृष्ट गजल लेखनमा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले गजलकार निश्चलको गजल संग्रह उत्कृष्ठ गजल संग्रह रहेको बताउँदै युएइका वरपरका राज्यहरुमा बस्ने नेपाली गजलकार तथा कविहरुले यस किसिमको गजल लेख्नुपर्ने रहेछ भन्ने सचेतना जाग्ने बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ गजलकार घनश्याम न्यौपानेले गजलको पहिलो उत्पत्ति सातौ शताब्दिमा अरबमा भएको बताउँदै तेह्रौ सताब्दिमा भारत र नेपालमा युवाकवि मोतीराम भट्टले सुरु गरेको बताउनु भयो । उहाँले नेपाली गजलको संरचना, लय ढाचा तीन प्रकारको रहेको बताउनु भयो । साथै गजलकार लिम्बुको साहित्यीक उज्जवल भविष्यको कामना गर्नु भएको थियो ।
nishal-niglekhu-1

त्यस्तै प्रवासी पत्रकार संजालका सचिव दामोदर नेपालले युएइमा नेपाली र साहित्यका बारेमा आफ्ना भनाइ राख्नु भएको थियो भने एनआरएनएका उपाध्यक्ष रामेश्वर साहले लिम्बु सामाजिक क्षेत्रमा सक्रिय रहेको बताउँदै साहित्यक यात्राको सफलताको कामना व्यक्त गुर्न भएको थियो । उक्त गजल संग्रह युएइमा र नेपालमा एकै दिन लोकापर्ण गरिएको थियो ।

पत्रकार जेपि सापकोटाको संचालन रहेको उक्त कार्यक्रममा गजलकार हरि मानन्धर र कवियत्री राधा कार्कीले कृतिबारे गजल बाचन गर्नु भएको थियो ।

सोही कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी र शाखा इजरायलले भानुजयन्तीको अवसरमा आयोजना गरेको विश्वव्यापी खुल्ला अनलाइन मुक्तक प्रतियोगीताका विजयी स्रष्टालाई पुरस्कार वितरण गरिएको थियो ।

– sansarnews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *