पेनाङ्गमा साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

पेनाङ्ग, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ्ग, मलेसियाको आयोजनामा एक साहित्यिक भेटघाट तथा चियापान कार्यक्रम गत अक्टोबर ३० तारीक शनिबारको दिन स्थानिय जुनतारा रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न भयो ।

नेपालका बरिष्ट साहित्यकार समालोचक एवं प्राध्यापक देवी नेपालको मलेसिया भ्रमणको क्रममा पेनाङ्ग आईपुग्नु भएको अवसरमा उक्त भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । उक्त भेटघाट कार्यक्रममा आयोजक कमिटीका दिप दर्शन जीतमान राई ुसबिनु गणेश महतरा हिमाली कृष्ण आलोक भिष्म दर्नाल धनकुमार चोङ्गबाङ्ग झुनिसं कुवर लगायत तीन दर्जन बढी स्थानिय स्रष्टाहरुको उपस्थिती रहेको थियो ।

भेटघाटमा मलेसिया मलेसियाको पेनाङ्गमा रहेका साहित्यिक गतिबिधीको बारेमा जानकारी आदान प्रदान गरिनु साथै अन्य विविध महत्वपुर्ण भावी योजनाको बारेमा छलफल भएको थियो । साहित्यकार नेपालले प्रवासको यो कठिन दैनिकीमा गुजि्रदै भए पनि साहित्य कर्म प्रति अहोरात्र खट्ने प्रवासी विशेषत मलेशियामा कार्यरत श्रमिक स्रष्टाहरुको बारेमा एउटा कृति तयार पार्ने प्रतिव¢ता पनि उक्त भेलामा जाहेर गर्नुभएको थियो भने प्रवासबाट गरिने जुनसुकै साहित्यिक कामको लागि स्वदेशबाट गर्नुपर्ने सहयोगको निम्ती तत्पर रहने कुरा बताउनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा चियाको मिठो चुस्किसँगै सुरु गरिएको सृजना वाचनको क्रम स्रष्टा भिष्म दर्नालको मर्मस्पर्षी स्वदेश गानको गायनमा पुगेर टुङ्गिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *