बिनेसास इज़रायल शाखाले लक्ष्मी जयन्ति तथा प्रथम रचना वाचन कार्यक्रम सम्पन्न

gfnl-isreal
तेल अभिव (इज़रायल), कार्तिक १७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले गत२०१६-१०-२९गते शनिबारका दिन महाकविलक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्म जयन्ति तथा पहिलो रचना वाचन शृंखला अनि दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गर्यो ।

उक्त साहित्यिक कार्यक्रम इज़रायालाको तेल अभिव शहर एन आर एकको हलमा हर्षोल्लासका साथ शान्त वातावरणमा शानदारपुर्वक सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सस्थाकी अध्यक्ष सावित्रा लुइँटेल घिमिरेले अध्यक्षता भएको थियो भने ,नेपाली राजदुतावासबाट पाल्नु भएका प्रमुख सचिव हरिहर पौडेल ज्यू ले बिशेष अतिथिको आसन ग्रहण गर्नु भएको थियो साथै एन आर एन इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीको पनि उपस्थिति रहेको थियो भने विश्व नेपाली साहित्य महासंघ केन्दकि सह – सचिव सुनिता राई ज्यूको गरिमामय उपस्थिति रहेको थियो र विभिन्न सस्थाका प्रतिनिधिहरु पनि पाल्नु भएको थियो ।
gfnl-isreal2
राष्ट्रिय गानाबाट सुरु भएको उक्त कार्यक्रममा २मिनेट मौन धारणा गरिसकेर कार्यक्रमका बिशेष अतिथि र सभापती बाट देवकोटाको तस्विरमा माल्यार्पण गर्दै पानसमा बत्ति बालेर कार्यक्रमको उत्घाटन गरिएको थियो |

देवकोटा प्रति सबैले हार्दिक श्रद्दा सुमन अर्पण गर्दै सस्थाका सचिब गणेश गौतम सागरले कार्यक्रमको उद्घोषण गर्नु भएको थियो बिचबिचमा रचना मार्फत देवकोटाको स्मरण गर्दै सस्थाकी सह – कोषाध्यक्ष अम्बिका याम्फु अनमोलले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको .. थियो भने सस्थाकी सक्रिय सदस्य समा श्री राउतले स्वागत मन्तव्य दिनुभएको थियो साथै देवकोटा सम्बन्धि आलेख पनि प्रस्तुत गर्नु भएको थियो ।
gfnl-isreal3
त्यसैगरि संस्थाकी कोषाध्यक्ष बसु श्रेष्ठले दमदार गज़ल बाचन गर्नु भएको थियो त्यसै गरि संस्थाकी सदस्य मुना सिग्देल बाट सस्थाको गतिबिधि आफ्नो मिठो रचनाको साथमा राख्नु भएको थियो त्यसरीनै गोमा कार्कीले मुक्तक र सन्तोषी खड्का साथै पबित्र बजगाईले सु-मधुर स्वरमा मिठो मिठो गित प्रस्तुत गर्नु भएको थियो ।

उक्त साहित्यिक कार्यक्रममा उपस्थिति धेरै अतिथि लगायत सस्थाका सदस्यहरु बाट निकै मिठामिठा रचनाहरु वाचन गर्दा कार्यक्रमको रौनक बढेको थियो सुनिता राईले केन्द्रको तर्फबाट धन्यवाद स्वरूप आफ्ना विचारहरु राख्दै कविता बाचन गर्नु भएको थियो । बिशेष अतिथि ज्युहरु दुतावास तथा एन आर एन का ..ले विश्व नेपाली साहित्य महासंघले आफ्ना कयौं बाध्यता अनि व्यस्तता का बाबजुत पनि प्रवासमा रहेर आफ्नो नेपाली भाषा साहित्य प्रति गरेको यो राष्ट्रिय काम हो भन्दै बधाई तथा धन्यवाद दिदै विश्व नेपाली साहित्य महासंघलाइ आइ परेका हरेक कठिनाइहरुमा साथ र सहयोग गर्ने बाचा गर्नु भएको भयो ।
gfnl-isreal4
इजरायलको समय अनुसार दिनको १ बजे सुरु भएको उक्त कार्यक्रम ३.३० सम्म चलेको थियो र कार्यक्रमको बिट मार्दै सस्थाकी अध्यक्ष तथा कार्यक्रमकि सभापति सावित्रा लुइँटेल घिमिरेले सुलभ तरिकाले हालको व्यवस्था गराई दिने एन आर एन इजरायललाई हार्दिक आभार व्यक्त गर्दै आफ्नो अमुल्य समय खर्चेर कार्यक्रममा पाल्नु हुने सम्पूर्णमा हृदय देखिनै धन्यवाद दिदै आभार तथा धन्यवाद व्यक्त गर्नु भएको थियो भने भोलिका दिनहरुमा अझै राम्रा काम गर्ने वाचा गर्दै देवकोटा प्रति हार्दिक श्रद्दा सुमन ब्यक्त गर्दै उहाकै सम्झनामा आफ्नो रचना पस्केर पहिलो चरणको कार्यक्रम को अन्त्य गर्नु भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा तिहार परेकोले सेलरोटी, तरकारी अचार लगायत स्वादिलो परिकारहरु खाँदै र रमाइलो गर्न मुक्तक सायरी प्रस्तुत गर्दै एक आपसमा शुभकामना साटासाट गरेर देउसीभैलो का टुक्का सुनाउंदै खाना र साहित्यको स्वाद लिंदै उपस्थित सम्पूर्णले निकै मनोरन्जन लिएका थिए । यसरी इजरायलको समय अनुसार ४.३० मा उक्त कार्यक्रम समापन गरिएको थियो ||

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा
सह – सचिब कल्पना पौडेल “जिज्ञासु

Leave a Reply

Your email address will not be published. Required fields are marked *