साहित्य महाङ्घ केन्द्रको नयाँ नेतृत्व चयन

गत १३ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नेतृत्वमा युकेमा रहेका विश्वास दीप तिगेला पुनः दोस्रो कार्यकालको लागि चयन भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी साहित्यकार खगेन्द्र अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सहमतिकै आधारमा निर्वाचन संयोजक डा. कविताराम श्रेष्ठले सन् २०१६ देखि २०१९ का पदाधिकारीहरुको नाम स्काइप भेलामा घोषणा गर्नुभयो । समितिको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी (भारत), उपाध्यक्ष द्धयमाः सागर श्रेष्ठ (नेपाल), देंन्जोम साम्पाङ (भुटान अमेरिका) र महासचिवमा डा. लेखनाथ काफ्ले (ताइवान), सचिवमा केदार संकेत (अफगानिस्तान), संगठन सचिव हरि शिवाकोटी (क्यानडा), आर्थिक सचिव साबित्रा लुइटेल (इजरायल), आर्थिक सहसचिवः रमेश कडेल (नेपाल) निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमशः गोविन्द्र गौतम (रसिया), यासिन राई (इजरायल), कल्पना पौडेल जिज्ञाशु (इजरायल), दिलिप राई सगर (मलेसिया) , राहुल राई बोगिको (भारत मणिपुर), लक्ष्मण न्यौपाने (म्यानमार), विजय हितानमगर (युके), मोहनराज खनाल (म्यानमार), चन्द्र मादेन (हङकङ), नवराज पोख्रेल (रुमानिया), आर.एल. श्रमजीबि (बेल्जियम), अमित राई (कुवेत), नन्दलाल आचार्य (सप्तरी नेपाल), गनिन्द्र विवस (दक्षिण कोरिया), खिर बहादुर पौडेल (साउदी अरेबिया) चयन हुनुभएको छ । त्यस्तैगरि मुक्तक तथा गजल विभाग प्रमुखको रुपमा खगेन्द्र अधिकारी अमृत चयgfnl logoन हुनु भएको छ ।

नेतृत्व घोषणा लगतै निर्वाचन संयोजकले अध्यक्ष तिगेलालाई सफथ खुवाउनु भयो र अध्यक्ष तिगेलाले उपस्थित पदाधिकारी तथा सदस्यहरुलाई सफथ खुवाएका थिए । नेतृत्व घोषणा पछि विभिन्न स्रष्टाहरुले शुभ कामना मन्तब्य राख्नु भयो । साहित्यकार पूर्व राजदुत मुरारीराज शर्मा, समा श्री, डा. मधु माघुर्य, लगायतले अझ प्रगति हुन सकोस भन्नुभयो । पहिलो चरणको कार्यक्रम पश्चात नवनिर्वाचित अध्यक्ष तिगेलाको सभापतित्वमा महासङ्घ स्थापनाको छैठौ बार्षिकउत्सव, आदिकवि भानुभक्तको १०३ औं जन्मजयन्तिको शुभकामना आदानप्रदान साथै सृजना वाचनको कार्यक्रम सम्पन्न भएको थियो ।

कवि शुसिल सुब्बा, नविन रावत, गोविन्द गौतम, कल्पना पौडेल, मुना सिग्देल, सुनिता कन्दङवाराई, सावित्रा लुइटेल, लेखनाथ काफ्ले लगायत एकदर्जन कविहरुले आआफ्नो सिर्जना वाचन गरेका थिए भने सुरेन्द्र परदेशीले भानुको बारेमा प्रकाश पारेका थिए ।

अध्यक्ष तिगेलाले अघिल्लो कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै । साहित्यिक कर्म केवल कथा, कविता जस्ता सिर्जना मात्र लेख्नु नभई परिवर्तित समयअनुकुल समाजलाई डोरयाउदै नेपाली पहिचान बोकेका भारतका नागरिक, बर्माका नागरिक, भुटानका नागरिक, नयाँ केन्द्रहरु हङ्कङ, युके, अमेरिका, क्यानडा लगायत विश्वभरका नेपाली परिचय भएकाहरुलाई एकैशुत्रमा जोडने काम साहित्य महासङ्घले गर्दै आएको र यसलाई थप उचाईमा पुरयाउने प्रतिबद्धता जाहेर गरे । नेपाली शब्दलाई राष्ट्रियता र भाषाको नाम बुझिने भएपनि नेपाल बाहिर भारत, म्यानमार र भुटानमा यसलाई जातिको रुपमा बुझ्ने गरेकोले अब परम्परागत ढङ्गले मात्र सोच्नु गलत हुने तर्क राखे । अध्यक्ष तिगेलाले निर्वाचन समितिका संयोजक डा. श्रेष्ठ, सदस्यद्धय डा. मधुमाधुर्य र कविता शर्मालाई पनि धन्यवाद ज्ञापन गर्दै समारोहको विसर्जन गरेका थिए ।

साहित्य महाुङ्घको विश्वभर १७ मुलुकमा २४ शाखा स्थापना भएका छन् । यस महासङ्घको सन् २०१० को जुलाई १३ का दिन विभिन्न १८ राष्ट्रमा रहेका नेपाली साहित्यकारहरुको सामुहिक सक्रियतामा स्थापना भएको हो ।

2 thoughts on “साहित्य महाङ्घ केन्द्रको नयाँ नेतृत्व चयन

  1. हार्दिक स धन्यवाद महानुभाव हरूमा

Comments are closed.