लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा

गत १६ जुन २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदुतावासको संयुक्त आयोजनामा राजदुतावासको सभाकक्षमा राष्ट्रिय गायक स्व. अम्बर गुरुङको श्रद्धाञ्जलीसभा सम्पन्न भयो ।

स्व. गुरुङको फोटोमा माल्याअर्पण गरि शुरु भएको समारोहमा सङ्घसंस्थाका प्रतिनिधि तथा सहभागि सबैले पुष्प गुच्छा र खदा चढाए लगतै एक मिनेट मौन धारणा गरिएको थियो । वहाकै सम्मान र सम्झनामा स्व. गुरुङद्धारा संगीतबद्ध राष्ट्र गान र वहाकै स्वर र संगीत रहेको देशभक्ति गानहरु बजाइएको थियो । स्व. गुरुङको जीबनी बारे टेक बहादुर थापा राजेशले बोल्नु भयो । त्यस्तैगरि एक दर्जन कविहरुले गुरुङमा समर्पण गरि लेखिएका कविता तथा मुक्तकहरु वाचन गर्नुभयो । गायक थिर थापामगरले स्व. गुरुङद्धारा संगीतबद्ध रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो र ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो गीत गिटार संगै गाउनु भएको थियो ।

प्रोफेसर तथा कवि सुमाया राई, डा. चन्द्र बहादुर गुरुङ, विजय हितान, भोज बहादुर बराल, राजेन्द्र क्षेत्री, कर्म पहाडी शेर्पा, क्षेत्रकला राई, सईन्द्र थापा, दिप गिरी, निश्चल दाहाल, शैन्द्र थापा, शंकर दाहाल लगायतले सिर्जना वाचन साथै श्रद्धाञ्जली मन्तब्य राख्नुभयो । सभामा विभिन्न १० संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

सन् २६ फेब्रुवरी १९३८, दार्जिलिङ्गमा जन्मनु भएका गुरुङको गत ७ जुन २०१६ का दिन काठमाडौमा निधन भएको हो । वहालाई राष्ट्रिय सम्मानका साथ अत्येष्ठि गरिएको थियो । हाल प्रचलनमा रहेका राष्ट्रिय गानका संगीतकार साथै नौ लाख तारा उदायो गाना गाए वापत जेल समेत परेका कारण वहालाई राष्ट्रिय गायक भनी सम्मान ब्यक्त गर्ने गरिन्छ । वहालाई महासंगीतकारको सम्मान समेत प्रदान गरिएको छ । स्व. गुरुङ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति समेत बन्नु भएको थियो । तत्कालिन राजाले सहयोग गर्न चाहदा पनि केही सहयोग लिन नमान्ने गुरुङले आजीवन काठमाडौंको डेरामै जीवन बिताउनु भयो त्यसैले वहालाई स्वाभिमानका स्वाभिमान भनी सम्मान गर्ने गरिन्छ । स्व. गुरुङको पूख्यौली थलो गोर्खाको रिसिङ हो भने वहा वि.स. २०२६ मा दार्जिलिङ्गबाट काठमाडौं आउनु भएको हो । वहाका गिती सङ्ग्रह र संस्मरण गरि २ पुस्तक कृति र हजारौ गीतसंगीत रहेका छन् ।

साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि कार्यवाहक राजदुत तेजबहादुर क्षेत्री र अतिथि एनआरएन युरोप संयोजक कुल आचार्य लगायत रहनु भएको थियो । कार्यक्रमलाई शशि थापासुब्बा र जानुका राईले रोचकपूर्ण ढङ्गले संचालन गर्नुभएको थियो । साहित्य महासङ्घको १७ मुलुकमा २४ शाखाहरु रहेका छन र यहि १३ जुलाईमा नयाँ नेतृत्व चयन हुदैछ ।
audiance

audiance2

back-vied

Bhojraj

Biswas

Biswasdip

 

chandra

Chandra-gurung

Chetra-kala

 

DSC_0008---Copy

 

group

group2

group3

group4

Jankua

Kul

nirula

Rajendra-Chatri

Saiendra

Sashi

Standing

Tej

Tej2

Tek-thapa

thir

Thir-2
tek-2

Sumaya

Chetrakala

Leave a Reply

Your email address will not be published. Required fields are marked *