साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)

इजरायल, ३० फाल्गुन – प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ,इजरायल शाखाले यस पटक भने निक्कै फरक किसिमको साहित्यिक कार्यक्रमको आयोजना गत शुक्रबर इजरायGFNL Isreal 4लको तेलअभिवमा सम्पन्न गरेको छ ।

संस्थाको चौथो वार्षिक उत्सव कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतलाई विशेष सम्मान तथा विदेशमा रहेर साहित्य क्षेत्रमा कलम चलाउनुहुने विभिन्न ३६ स्रस्टाहरुको रचनालाई समावेश गरी प्रकाशन गरिएको “मतना” मुक्तक संग्रहको विमोचन कार्यक्रम एकै पटक आयोजना गरेर कार्यक्रमलाई भब्य र सभ्य बनाइएको थियो ।
GFNL Isreal
उक्त मुक्तक संग्रहमा सुलोचना दाहाल , सुभद्रा घिमिरे , सुनिता राई , साबि पाठक, सावित्रा लुइटेल, सानु भवानी पौडेल, सानु गुरुङ, सानु खतिवडा, शान्ति राई, शान्ता खवास, विमला शर्मा ढुंगाना, लिला रिजाल सुवेदी, रेखा पन्त, राधा भट्टराई, राजकुमारी श्रेष्ठ, रजनी शर्मा, मुना सिग्देल, भवानी अधिकारी, भगवती वस्नेत, बसु श्रेष्ठ, बबिता श्रेष्ठ “A” , निशा कटुवाल, निर्मला खड्का, देबी सुबेदी, दिया चापागाईं, केशु पोख्रेल खनाल, कृष्णकला बनेम, कल्पना पौडेल, अम्बिका याम्फु”अनमोल”, लक्ष्मी अनुरागी, सिमा सुबेदी, सविता अधिकारी घिमिरे, निर्मला गुरुङ, माया खनाल, भीमा थापा र निलम भूसाल का मुक्तकहरु समाबेश भएका छन् ।
GFNL Isreal 2
कार्यक्रमको शुरुमा संस्थाका सदस्य रजनी शर्माले कार्यक्रमको कार्यतालिका प्रस्तुत गरिसकेपछि दिपेन्द्र थापाले कार्यक्रम संचालन गरेका थिए ।

संस्थाका अध्यक्ष सावित्रा लुईटेल घिमिरेको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा इजरायल स्थित नेपाली राजदुतावासका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई रहनु भएको थियो । औपचारीक रुपमा शुरुभएको कार्यक्रममा संस्थाकी महासचिब सानु गुरुङ र सदस्य कल्पना पौडेलले स्वागत मन्तव्य राख्दै उपस्थिति सबैलाई स्वागत गर्नु भएको थियो भने प्रमुख अतिथिले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

इजरायलमा रहेका प्राय सबै संघ संस्थाका प्रतिनिधिहरुलाई अतिथिमा निम्त्याईएको कार्यक्रममा अतिथिहरु एनआरएन इजरायल अध्यक्ष दिपक ओली, नविन प्रतिभा साझका अध्यक्ष कृष्ण रायमाझी, झापाली समाज इजरायल अध्यक्ष भोला थापा, चितवन समाज इजरायलका महासचिव नयन सापकोटा, रेडियो स्वतन्त्रकी सिमा सुवेदी, स्वतन्त्र खबर डटकमका प्रधान सम्पादक खेमराज कट्टेल लगायत अन्य संघ संस्था तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै एनआरएन इजरायल अध्यक्ष दिपक ओलीले संस्थाको यस बार्षिक उत्सव तथा सयुक्त मुक्तक प्रकाशनको प्रशंसा गर्दै आयोजकलाई धन्यवाद तथा शुभकामना दिनु भएको थियो भने नविन प्रतिभा सॉझका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ इजरायलका सल्लाहकार कृष्ण रायमाझीले स्थापनाको यति छोटो समयमा इजरायलमा रहेका साहित्यक सर्जकहरुलाई समेटेर संस्थालाई यो उचाई सम्म ल्याइ पुर्योउनु भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका सदस्य तथा कवि समा श्रीले संस्थाले हाल सम्म गरेका कार्यहरु र संस्थाको सम्पुर्ण गतिविधिहरु प्रस्तुत गर्दै प्रवासमा रहेर पनि यस शाखाले नेपाली भाषा साहित्यको उत्थानका विशेष योगदान दिएको र यो अभियानलाई निरन्तरता दिने संकल्प गर्दै आजको पावन दिनमा हामीलाई हर समय साथ दिएर आफ्नो अमुल्य साथ सहयोग पुराउनु हुने इजरायलका लागि नेपाली राजदूत प्रसाईलाई संस्थाको तर्फबाट सम्मान गर्न पाउँदा निक्कै गौरन्वित भएको बताउनु भएको थियो । उपस्थिति सबैलाई स्वागत गर्दै संस्थाका सचिव गणेश गौतम “सागर” र सदस्यहरु केशु पोख्रेल, तारा कट्टेल, अम्बिका याम्फु लगायतले निकै नै मिठो गित प्रस्तुत गरेर सबैलाई स्वागत गर्दै कार्यक्रमको माहौल केहि समयको लागि संगीतमय बनाएका थिए ।

कार्यक्रमको बिचमा राजदुत प्रसाईलाई संस्थाको तर्फबाट अभिनन्दन गर्दै प्रमाण पत्र र दोसल्ला ओढाएर संस्थाका अध्यक्ष सावित्रा घिमिरे, एनआरएन इजरायल अध्यक्ष दिपक ओली लगायतले अभिनन्दन गर्नु भएको थियो । सस्थाका सचिब गणेश गौतम सागरले प्रदान गरिएको प्रमाण पत्र पढेर सबैलाई सुनाउनु भएको थियो ।
GFNL Isreal 3
महामहिम प्रसाई को हातबाट संस्थाले प्रकाशन गरेको सयुक्त मुक्तक संग्रह ‘मतना’को बिमोचन गर्दै यस वार्षिक उत्सवबाट संस्थामा आबद्ध हुनुहुने नयॉ सदस्यहरुलाई महामहिम र वहाकी धर्म पत्नी सीता प्रसाईको हातबाट दोस्ल्ला र अबिर टिका लगाएर संस्थामा स्वागत गरिएको र मुक्तक संग्रह भित्र समावेश भएका मुक्तककारहरुलाई महामहिमको हातबाट प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

संग्रहका सर्जक तथा अन्य साहित्य अनुरागीहरुले कार्यक्रमको बिचबिचमा मुक्तक, गित, कविता, गजलहरु बाचन गरेर कार्यक्रमको रौनक बढाएका थिए । कवि समा श्रीको विदेशीएकी आमाले घरमा रहेकी छोरीलाई कल्पना गरेर लेखिएको कविता बाचन गर्दा उपस्थिति सबैको मन छोएको थियो भने सर्जकहरु नितु खतिवडा, केशु पोख्रेल, रजनि शर्मा लगायतले आ आफ्नो रचनाहरु बाचन गर्नु भएको थियो ।
GFNL Isreal 5
प्रमुख अतिथि प्रसाईले पछिल्लो समयमा नेपाली साहित्यमा मुक्तक फस्टाएको वताउँदै मुक्तक, तथा अन्य साहित्य रचनाहरुमा भरसक सरल र मिठा शब्दहरु प्रयोग गरी यसरीनै प्रकाशन गर्दै लैजाँदा सबैको मन मुटु छुने र साहित्यको पनि जगेर्ना हुने कुरा दर्साउदै आफुपनि साहित्यको विध्यार्थी भएकोले साहित्य निक्कै मन पर्ने बताउनु हुंदै साहित्य प्रति युवापुस्ता तथा विदेशी भुमीमा रहनु हुने सर्जकहरुको झुकाव र आकर्षण देखेर आफूलाई निक्कै खुसी लागेको बताउनु भयो र यसरी संस्थाले आफुलाई अभिनन्दन गरेकोमा खुशी ब्यक्त गर्दै आफु र आफ्नो धर्म पत्निको तर्फबाट संस्थाको उत्तरोत्तर प्रगतीको कामना गर्दै सयुक्त मुक्तक संग्रह मतनाका सबै मुक्तककार सर्जकहरुको नाम पढेर सुनाउनु भएको थियो ।

अन्त्यमा कार्यक्रमका अध्यक्ष तथा संस्थाका अध्यक्ष सावित्रा लुइँटेल घिमिरेले कार्यक्रमको समिक्षा तथा शुभकामना मन्तव्य राख्दै “मतना” संग्रहमा विदेशमा रहेर मुक्तकहरुमा कोही सिकारु, कोहि स्थापित मुक्तककारहरु मतना सहयात्राभित्र अटाएका र यसभित्र केही कमिकमजोरीहरु रहेका भए भुलसुधारीने भन्दै कामको ब्यस्तताका बावजुद पनि कार्यक्रममा उपस्थिति हुनु भएकोमा उपस्थित सम्पुर्णलाई धेरै धेरै धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो ।
matana