घले उत्कृष्ट उद्धारकर्ता घोषित नर्स, प्रहरी र सिभिल सहित ४ जना जनही २५ हजार नगद सहित पुरस्कृत, कविता प्रतियोगिताका विजयीलाई पनि पुरस्कार हस्तान्तरण

काठमाडौं । गत ३ कार्तिक २०७२ का दिन महाविनासकारी भूकम्प पीडितलाई उद्धार गर्नेहरु मध्ये शेष घलेलाई उत्कृष्ट उद्धारकर्ताको सम्मान प्रदान गरिएको छ । घले गैर आवासिय नेपाली संघका अध्यक्ष हुनुहुन्छ । सम्मान ग्रहण लगतै घलेले यो सम्मान आफ्नो लागि पहिलो र महत्वपूर्ण भएको साथै साहित्य महासङ्घ संग एनआरएनले पनि सहकार्य गर्ने इच्छा ब्यक्त गर्नुभयो । वहालाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले एक समारोह बीच काठमाडौंमा सम्मान प्रदान गरेको हो ।

महासङ्घले तत्कालै बहादुरीपूर्वक र विवेकपूर्वक भूकम्प पीडितको उद्धार कार्यमा संलग्न शसस्त्र प्रहरी हवल्दार कृष्णबहादुर बस्नेत, उपचारमा अहोरात्र संलग्न नर्सद्धय जसमाया जिरेल, शारदा श्रेष्ठ र भोलिन्टियर्स परिचालक तथा उद्धारकर्ता बब्रिमकुमार केसीलाई जनही नगद रु २५ हजार सहित सम्मानपत्र प्रदान गरयो ।

गत १२ बैशाक २०७२ का दिन गएको ७.८ रेक्टर स्केलको भूकम्प पीडितको उद्धारमा प्रभावकारिता थप्न साहित्य महासङ्घले तत्कालै सम्मान तथा नगद सहितको पुरस्कारको घोषणा गरेको थियो ।
Nepali literature 2015 (29)
केही महिना अघि सम्पन्न साहित्य महासङ्घको दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिताका विजयीहरुलाई पनि नगद सहित पुरस्कार प्रदान गरियो । प्रतियोगितामा प्रथमस्थान हासिल गर्न सफल शन्देश सुब्बालाई नगद २० हजार सहित प्रमाणपत्र प्रमुख अतिथि प्राडा. गोविन्दराज भट्टराईले हस्तान्तरण गर्नुभयो । त्यस्तै मैथिलि भाषाका उत्कृष्ट पुनम ठाकुरलाई रु ५ हजार र नेपालबाट प्रतिनिधि मूल्याङ्कनकर्ता ठाकुर वेलवासेलाई मूल्याङ्कन वापत रु ५ हजार प्रदान गरियो ।

समारोहमा रसिया शाखाका अध्यक्ष गोविन्द गौतम, कुवेत शाखाका अध्यक्ष अमित राई, इजरायल शाखाका प्रतिनिधि नितु खनाल, नेपाल शाखाका अध्यक्ष रमेश कडेलले मन्तब्य राख्नु भएको थियो भने प्रमुख अतिथि डा. भट्टराईले महासङ्को कार्यको प्रसंसा गर्नुभयो र अतिथि द्धय साहित्यकार रमेश पौडेल र शुसिल पराजुलीले आफ्नो सिर्जना वाचन सहित मन्तब्य राख्नु भएको थियो ।
Nepali literature 2015 (32)
उपस्थित सबैलाई उपाध्यक्ष सागर श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष केदार सुनुवार संकेतले सहयोगि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको सभापतित्वमा सम्पन्न समारोहलाई सचिव खगेन्द्र अधिकारी अमृतले संचालन गर्नुभएको थियो ।

Ghale honoured as best rescuer

Kathmandu – The Global Federation for Nepali Literature Central Committee on Thursday honored Non Resident Nepalese Association (NRNA) President Shesh Ghale with the Best Rescuer Honour for contribution in rescuing the victims of the massive ‘Gorkha Earthquake’ which struck Nepal on April 25.

Ghale termed the honour as the first and most important in his life and expressed desire on behalf the NRNA to work with the Federation.

The Federation also felicitated Armed Police Force (APF) constable Krishna Bahadur Basnet for his bravery and instant reaction on saving those who had fallen victim to the earthquake. The Federation also honoured nurses Jasa Maya Jirel and Sharada Shrestha and volunteer and rescuer Babrim Kumar KC with cash prize of Rs 25,000 each.
Nepali literature 2015 (39)
On the occasion, winners of the Open World Wide Poem Competition held by the Federation were also conferred awards and cash prizes. Prof Dr Govinda Raj Bhattarai conferred award to Sandesh Subba, who came first in the competition. Likewise, Punam Thakur was conferred a cash prize of Rs 5,000 for coming first in the Maithali language poem competition and Rs 5,000 to judge Thakur Belbase. -RSS (photo Raj Subba)