साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

तेल अभिव (इज़रायल) साउन ३,
बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा ” २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यहि २०१५ जुलाई १८ तारिक सनीबारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएकोछ ।
GFNL_ISREAL1
इजरायलका लागि नेपाली राजदुत श्री प्रल्लाद कुमार प्रसाईं ज्युको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभआरम्भ गरिएको थियो समारोहमा उहाँकी धर्मपत्नी सिता प्रसाईं ज्यु पनी उपस्थित हुनुभएको थियो । कार्यक्रम सन्चालन संस्थाका सचिव गणेश श्री गौतम ” सागर” ज्युले गर्नुभएको थियो । भने स्वागत भाषण सह-सचिव कल्पना पौडेल ” जिज्ञासु ‘ ले गर्नुभएको थियो आयोजक सस्थाको तर्फवाट बरिष्ठ उपाध्यक्ष श्री दीपेन्द्र थापा ज्युले संस्थाको गतिविधिको बारेमा प्रष्ट पार्नुभएको थियो त्यसपछी संस्थाकी सदस्य श्रीमति समा श्री ज्युले भानुभक्तको आलेखको बारेमा प्रस्तुत् पार्नु भएको थियो ।

हाम्रा अतिथि प्रतिनिधि अ ने सा स इजरायल शाखाका अध्यक्ष श्री कृष्ण पक्ष थापा ज्युले शुभकामना मन्तब्य दिनु भएको थियो त्यसै गरी हिन्दुजागरण नेपाल अभियान इजरायल को तर्फवाट सुमित्रा आचार्य ज्युले पनि शुभकामना मन्तब्य प्रष्तुत गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघ सस्था र सङ्गठन बाट साहित्यकार तथा साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण माहानुभावहरु , आयोजक सस्थाका सदश्यहरु र अन्य संघ सस्था र सङ्गठन बाट उपस्थित प्रतिनिधि तथा साहित्यकार तथा साहित्य अनुरागीहरु बाट कविता गज़ल मुक्तक गीत र भानुभक्त सम्बन्धि रचनाहरु उपस्थित साथीहरुले बाचन गर्नु भएको थियो ।
GFNL_ISREAL
इजरायलका लागि नेपाली राजदुत श्री प्रल्लाद कुमार प्रसाईं ज्युले कार्यक्रमको समीक्षा गर्दै भानुको बारेमा प्रस्ट पार्दै कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरु ,, सावित्रा लुइँटेल घिमिरे , दिपेन्द्र थापा ‘ गणेश गौतम ‘ सागर’ कल्पना पौडेल ‘ जिज्ञासु’ बसु श्रेष्ठ अम्बिका याम्फु अनमोल ; समा श्री ‘ कृष्ण पक्ष ‘ केशु पोखरेल, सुमित्रा आचार्य आदिलाई राजदुत ज्युको हात बाट प्रमाणपत्र प्रदान गरिएको थियो । अन्त्यमा आयोजक संस्था विश्व नेपाली साहित्य महासंघकी अध्यक्ष श्री मति सावित्रा लुइँटेल घिमिरे बाट उपस्थित सम्पूर्णलाई आभार तथा धन्यवाद दिंदै कार्यक्रमको समापन गरिएको थियो ।

– nareedarpan.com