साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन

गत २८ जुन २०१५ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित इबैठक सम्पन्न भयो ।

बैठकले भर्खरै सम्पन्न विश्वब्यापी कविता प्रतियोगिताका विजयीहरुलाई अनुकुलता मिलाएर पुरस्कार प्रदान गर्ने र घोषणा गरिएका सम्मानितहरुलाई पनि सम्मान हस्तान्तर गर्नेबारे छलफल गरयो । त्यस्तैगरि भूकम्पको महाविपतीमा तत्कालै बहादुरी र विवेकपूर्ण तबरले उद्धार गर्नेहरुको लागि पुरस्कार र सम्मान दिनको निम्ति सम्पूर्ण शाखा तथा शुभेच्छुकहरुलाई पुनः आर्थिक सहयोग गर्न आब्हान गरेको छ । भूकम्प गए लगतै उद्धारकार्यमा खट्ने नेपाली प्रहरी (शसस्त्र, जनपद), सेना, नर्स डाक्टर, पत्रकार, सर्बसाधारण र सघसंस्थाहरू मध्येबाट छनौट गरिनेछ । राहत वितरणमा हुदैगरेका अनियमिततालाई हिम्मतका साथ भण्डारफोर गर्ने पत्रकारलाई विशेष चासोको साथ छनौटमा राखिनेछ । महासङ्घको मुल उद्देश्य – जिवितै उद्धार गरौ, उद्धार गरिएकालाई यथासक्दो उपचार गरौ र राहत वितरणमा कतैपनि अनियमितता हुन नदिऔ भन्ने रहेको छ । घोषित पुरस्कार तथा सम्मानको लागि आर्थिक सहयोगमा योगदान गरेकै मध्येबाट छनौट मण्डल तयार गर्ने पनि निर्णय भयो ।

त्यस्तैगरि कविता प्रतियोगिताबाट संकलित कविताहरुमा थप गरि कृति प्रकाशनको लागि अन्य कविता थप्ने सवालमा विशेषतः साहित्य महासङ्घ आबद्ध स्रष्टाहरुलाई प्राथमिकता दिने निर्णय भयो । कविता संकलन, अनुवाद र प्रकाशनको सम्बन्धमा कार्यविधि तयार गर्ने जिम्मा उपाध्यक्ष सुरेन्द्र परदेशी, महासचिव डा. लेखनाथ काफ्ले र सचिव खगेन्द्र अधिकारीलाई तोक्यो । साथै, साहित्य महासङ्घका ५ औं स्थापना दिवस अर्थात यसबर्षको भानु जयन्ति भब्यताका साथ मनाउन सबै शाखाहरुलाई आब्हान गरेको छ । विश्वब्यापी संजाल हुनुको नाताले प्रत्येक शाखाले आफ्नो देश भन्दा बाहिरका र साहित्य महासङ्घ संग आबद्ध स्रष्टाको कम्तिमा कुनै एक कृतिको समिक्षा तथा चर्चा गर्न निर्देशन जारी गरेको छ । स्थापना दिवस तथा भानु जयन्तिमा अन्य केही कार्यक्रम गरेपनि त्यसैमा कृतिचर्चा गर्न सुझाएको छ ।

बैठकले यसबर्षको उत्कृष्ट शाखा र उत्कृष्ट महासङ्घ सदस्य घोषणाको लागि सबै शाखाहरुले बार्षिक प्रतिवेदन जतिसक्दो चाडो केन्द्रमा पठाउनुपर्ने निर्णय गरेको छ । साहित्य महासङ्घ भारतमा रहेका नेपाली, म्यानमारमा रहेका नेपाली, भुटानमा रहेका नेपाली अन्य देशहरुमा रहेका नेपाली र नेपालमै रहेका नेपालीहरुबीच बराबर हैसियत राख्ने संस्था हो । यद्यपी कुनैपनि संस्थाको सम्पर्क कार्यालय चाहिने भएकोले नेपालमा औपचारिक रुपबाट कम्पनी ऐनबाट दर्ता गर्ने प्रकृयालाई पुनः अगाडि बढाउने निर्णय भयो । बैठक प्रत्येक महिनाको २८ तारिक नेपालको समय बेलुकी ७ बजे अनिवार्य र नियमित हुदै आएकोले सबै उपस्थित हुनुपर्ने र अग्रिम जानकारी गराई अनुउपस्थित हुनेलाई महत्वपूर्ण सवालमा इमेल गरि राय लिई निर्णय गर्ने सर्बसम्मती भयो । त्यस्तै गरि कविता प्रतियोगिताको दौडानमा सहयोग गर्नुहुने सबैलाई एकमुष्ट धन्यवाद ज्ञापन गरेको छ । महासङ्घमै आबद्ध स्रष्टाहरुको कृतिहरुको सवालमा पर्याप्त जानकारी नभएकोले आआप्mनो कृति विवरण सचिव खेगेन्द्र अधिकारीलाई पठाउनु पर्ने आब्हान गरिएको छ । धेरै बैठकमा उपस्थित नभएका र संस्थाका विविध गतिविधिमा योगदान नगर्ने सदस्य तथा पदाधिकारीलाई प्रकृयागत बिदाई गर्ने पनि निर्णय भयो ।

बैठकको सभापतित्व अध्यक्ष विश्वास दीप तिगेलाले गर्नुभएको थियो भने संचालन महासचिव डा. लेखनाथ काफ्लेले गर्नुभएको थियो ।

3 thoughts on “साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन

  1. एकदम सफल कार्य क्रम स।

  2. याे वर्ष नेपाल सरह बर्मा पनि बाडिपिडीत भयेकाेछ ।धेरै ठाउँकाे साथ साथै जन क्षति पशु क्षति एवं धेरै विषयकाे क्षतिले हाम्राे मन दुख ग्रष्तछ अझैं ।अब पुन निर्माणका लागि चालिंदैं गरेका म्यामा याँगाैका युवा हरूले सरकारी स्कूल बनाउँने निर्णयका साथपाईला चालियाे ।अखिल म्यामा देशीय गाेर्खा हिन्दू धार्मिक संघ म्यामा ले पनि धेरै सहयाेग पुरायाे ।हर घर घर बाट राहत उठे अब निर्माण मात्र जरूरी थियाे साे समयमै पुरा हुनेछ ।

  3. 20;12;2014 याँगाैं म्यामा युवाकल्याण भवनमा विश्वनेपाली साहित्य महा संघ म्यामा शाखा काे गठन गरिएकाे सर्व विदीतै छ ।यस्काे अध्यक्ष श्री लक्ष्मण नेउपाने हुनुहुन्थ भने महा सचिव माेहनराज खनाल. सचिव सेरूथापा काे समिति उन्लाईन्बाटै सम्पर्ग गरि गठन गरिएकाे महा संघले पईलाे साहित्य कार्य क्रम कछिन स्टेट् स्वेगू भन्ने शाखामा गरियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *