नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण

बैशाख १९, सुर्खेत ।
शनिबार वीरेन्द्रनगरमा वृहत साहित्यिक कार्यक्रमको आयोजना गरि कवि तथा प्राध्यापक डाक्टर महेन्द्रकुमार मल्ललाई सम्मान हस्तान्तरण गरिएको छ । मल्ललाई विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले ‘नेपाली साहित्य दुत २०१४ ‘मकालु’ घोषणा गरेको थियो । महासङ्घले विश्वका उच्च १० शिखरहरु मध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट सम्मान घोषणा गरेको थियो ।
???????????????????????????????

मध्यपश्चिमाञ्चल गजल मंच सुर्खेतको आयोजनामा भएको कार्यक्रममा मंचको अर्धवार्षिक प्रकाशन गजल बाटिकाको पनि लोकार्पण गरिएको छ । कार्यक्रममा सम्मानित स्रष्टा डाक्टर मल्लले सम्मानित हुँदा आफू खुशी भएको भन्दै आगामी दिनमा सँगसँगै हिड्ने वातावरण सिर्जना गर्न आयोजकसँग आग्रह गरे । यस्तै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सुर्खेत क्षेत्र नंं २ का सभासद हृदयराम थानीले कला र साहित्यले देशको आमूल परिवर्तनमा ठूलो योगदान दिनसक्ने बताए । उनले भाषा, कला साहित्यको माध्यमबाट नेपालीहरुलाई एउटै मनमा गाँस्न सकिने बताए ।
???????????????????????????????
साहित्य महासंघका सचिव खगेन्द्र अधिकारी अमृतको कृति सन्तापका आँशु (गजल संग्रह) को पनि लोकार्पण गरिएको छ । स्रष्टा अधिकारीको यो चौथो कृति हो । यसअघि उनको बसन्तमै फूलका आँशु (गजल संग्रह), आँशुले जलेका मनहरु (गजल संग्रह), सम्हालिनका नसकेका आँशु (मुक्तक संग्रह) प्रकाशित भइसकेका छन् ।

यस्तै स्रष्टा खगेन्द्र अधिकारी अमृतले आफ्नो पुस्तक विक्रिबाट आएको मुनाफा असाहय, वृद्धवृद्धाहरुको सहयोगार्थ खर्च गर्ने बताए । यस्तै सम्मानित स्रष्टा ओम रिजालले आफूले पाएको नगद रुपैयाँ तीन हजार एक सय मध्यपश्चिमाञ्चल गजल मंच मार्फत भूकम्प पीडितहरुको राहतको लागि प्रदान गर्ने बताए । उनले सो रकम गजल मंचका अध्यक्ष खगेन्द्र अधिकारी अमृतलाई हस्तान्तरण गरिसकेका छन् ।

गजल मंचकी उपाध्यक्ष सरस्वती पन्तको अध्यक्षतामा भएको कार्यक्रम झण्डै दुई सय कवि, लेखकहरुको सहभागिता रहेको थियो ।