साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम

बिश्व नेपाली साहित्य महासंघ भोजपुर र दक्षिण भोजपुर सरोकार समाजले उद्दार कार्यको लागि युवा गस्ती र रक्तदान अभियान सम्पन्न गरेको छ ।

अभियानका संयोजक तथा साहित्य महासंघ सिंगापुर शाखाका अध्यक्ष रामप्रसाद राई ‘किराँती सानु’ को अगुवाइमा, संचालित सो कार्यक्रमलाई डा.प्रतिभा सुच्चा राई र इन्जिनियर विजय प्रसाद राईद्वारा परिवार देखि आफन्त, गाउ छिमेक टोलटोल घुम्दै सम्झाई बुझाई गर्दै रक्तदान सेवा केन्द्र सम्म पुराउने अभियान सम्पन्न भएको छ ।

हजारौको ज्यान लिने विनाशकारी महाभूकम्पले मातृभूमि नेपाल पुरै शोकमा डुबेको बेला । हजारौ बेघर र आनाथ बनेका बेला । घाइतेहरु पीडामा छटपटाई रहेका बेला । यस विपत्तीपूर्ण घडीमा हामी प्रबासमा बसे पनि जन्मभूमि प्रतिको कर्तब्य निर्बाह गर्न अपिल गरिएको थियो ।

यो आपतकालीन अवस्थामा केहि गर्नको लागि स्वादेशमै बस्नुपर्छ भन्ने पनि छैन । चासो राखे जहाँबाट भए पनि आ-आफ्नो औकात अनि हैसियत अनुसारको पहल गर्न सकिन्छ। मातृभूमि नेपाल आज पुरै पीडामा डुबेको छ। यस विपत्तीपूर्ण घडीमा देश प्रतिको उद्दारता र जिम्मेवारी बोध गर्न संयोजक राईले आब्हान गर्नुभयो ।