भूकम्प पीडितका उद्धारमा हौसला थप्न साहित्य महासङ्घद्धारा पुरस्कार तथा राहतको घोषणा, कविता प्रतियोगिताको नतिजा स्थगित

लण्डन, २९ अप्रिल २०१५ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उद्धारको कार्य गर्ने ब्यक्तिको लागि नगद सहितको पुरस्कार तथा सम्मान घोषणा गर्दै विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित बैठक गत २८ अप्रिल २०१५ का दिन सम्पन्न भएको छ ।

विवेकपूर्ण र बहादुरी पूर्वक उद्धार कार्यमा सलग्न हुनुहुने महानुभावहरुलाई हौसला स्वरुप नगद प्रतिब्यक्ति रु ५० हजार घोषणा गरेको छ । उद्धार कार्यमा प्रभावकारी हुनसकोस भन्ने उद्देश्यले उक्त घोषणा गरिएको हो । पुरिएका, चेपिएकाहरु २१ दिन पछि सम्म पनि जिवितै भेटिएको घट्ना भएको कारण जिवितै भेट्ने आसका साथ जोडतोडले उद्धार कार्यमा लाग्नहुन बैठकले अनुरोध गरेको छ । उद्धारमा सलग्न सर्वसाधारण, सेना, पुलिस जो कसैलाई वहाको कार्यको मूल्याङ्कन गरि नगद सहितको पुरस्कार प्रदान गरिने भएको छ । उक्त नगद पुरस्कार १० जनालाई दिने लक्ष्य राखेको छ ।

earthquake (1)

विश्वभरका नेपाली तथा गैरनेपालीहरुबाट सहयोग संकलन गरेर यो कार्य सम्पन्न गरिने भएकोले यो महाविपतमा आफ्नै दुःख सम्झेर यथासक्दो सहयोग गर्न पनि सबैलाई अनुरोध गरिएको छ । उर्जाशिल युवाहरुकै अग्रसरतामा यसअघि अनिस खालिङ बचाउ अभियान शुरु भई ३ करोड र पूर्वमन्त्री गोरे बहादुर खपाङ्गीको सहयोग संकलनको पनि शुरुवात भई आआफ्नै ढ्ङ्गबाट लगभग डेढकरोड संकलन भएको थियो । सबैलाई जानकारी दिनको लागि अर्थकुइकनेपालसपोटडटकम http://www.gofundme.com/sx2aucw पनि संचालन शुरु गरेको छ ।

सहयोग संकलन राम्रो संग भएको खण्डमा भूकम्पमा परिवारका पूरै सदस्य गुमाई सिर्फ एक्ला बाँकी भएकालाई आर्थिक सहयोग गर्ने निर्यण गरेको छ । महासङ्घका सदस्य कोहि भूकम्प पिडितभएको खण्डमा महासङ्घले सहयोग गर्ने पनि निर्णय गरयो । महासङ्ले उद्धार तथा राहत वितरण कार्यमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने मात्र होइन वितरण कार्यमा अनियमितता गर्नेको पनि पर्दाफास गर्ने निर्णय गरेको छ । त्यसको निम्ति महासङ्घ सदस्यहरुलाई निर्देशन जारी गरेको छ । यो बेला सहयोग चाहिएको र इमान्दारिता चाहिएको विचार उपाध्यक्ष सुरेन्द्र परदेशीले राख्नुभयो । सहयोग संकलनको लागि संयोजनकारी भूमिका महासङ्घका सरक्षक सदस्य विजय हितानले गर्नुभएको छ ।

भूकम्पबाट मृत्यू हुनुभएकाहरु प्रति सम्मान स्वरुप १ मिनेट मौनधारणबाट शुरु भएको बैठकले बहूप्रतिक्षित विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २०१५ को नतिजालाई देश शोकमा भएकोले स्थगित गर्दै आगामी २९ मे २०१५ मा पर्ने गणतन्त्र दिवशका दिन नतिजा सार्वजनिक गर्ने सर्वसम्मत निर्णय गरयो ।

बैठकको सभापतित्व अध्यक्ष विश्वास दीप तिगेलाले गर्नुभएको थियो भने संचालन महासचिव डा. लेखनाथ काफ्लेले गर्नुभएको थियो ।

Earthquake in Nepal

Earthquake in Nepal

Posted by Gfnl Central Nepali Literature on Wednesday, 29 April 2015

gfnl

१ मिनेट ३५ सेकेण्डको समाचार । साहित्य महासंघले उद्धार कार्यमा उत्कृष्ट ब्यक्तिलाई नगद पुरस्कार घोषणा more >> http://gfnl.org.np/?p=2551

Posted by Gfnl Central Nepali Literature on Saturday, 2 May 2015