कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित

रोशन मेवाहाँङ,

गत ११ अप्रिल २०१५ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको आयोजनामा कवयित्री लीला सेलिङ् माबोको एकल कविता बाचन र साहित्यकार सुरेसजंग शाहलाई नेपाली साहित्य दुत २०१४ कन्चनजंगा ले सम्मान गरयो ।

Sureshjung shahकवयित्री सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने वहा लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय हुनुहुन्छ । शिक्षिकाबाट शुरुभएको वहाको जीबनयात्रा विद्यालयको प्रधानअध्यापिका, रेडियो प्रस्तोता, समाजको नेतृ हुदै साहित्यमा शसक्तरुपमा उभिनु भएको छ । वहाका कविताहरु ज्यादै शक्तिशालि र वैचारिक रहेको कुरा विशिष्ट अतिथि तथा साहित्यकार काजमिान यक्सोले ब्यक्त गर्नुभयो ।

साहित्यकार शाहलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले केही महिनाअघि नेपाली साहित्य दुत २०१४ कन्चनजंगा घोषणा गरेको थियो । महासङ्घले विश्वका उच्च १० शिखरहरु मध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट सम्मान घोषणा गरेको थियो । वहालाई उक्त सम्मानपत्र प्रमुख अतिथि तथा विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाले हस्तान्तण गर्नुभयो । हस्तान्तर हुदै गर्दा साहित्यकार शाहको योगदानको बारे निर्माण गरिएको भिडियो प्रर्दशन गरिएको थियो । त्यस्तैगरि केही महिना अघि युकेको राष्ट्रिय स्तरको कविता प्रतियोगितामा ३ हजार प्रतियोगीलाई उछिन्दै प्रथम हुन सफल मुकाहाँङ लिम्बुलाई पनि प्रसंसापत्र प्रदान गरिएको थियो ।

बिक्रम सम्वत २०७२ लाई स्वागतार्थ आयोजना गरिएको उक्त कार्यक्रममा एकल कविता वाचनको औपचारिक समापन पछि विभिन्न स्रष्टाहरुले आआफ्नो रचना पनि पाठ गरेका थिए । साहित्यकार हरिसिं थापा, बि.के. पाण्डे लगायतले बोल्नु भएको थियो भने अग्रज स्रष्टा जीबनप्रकास राईले मिठो सांरागीको धुन र नरेश नातीले हार्मोनियममा ‘हजार सपना’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो ।
Lila seling
पानसमा बत्ति बाले लगतै नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रमलाई कवयित्री करिष्मा घमले स्वागत गर्नुभएको थियो भने साहित्य महासङ्घ युकेका अध्यक्ष समिप जर्जर हाँङवाङको सभापतित्व र रोसन राईको संचालन रहेको थियो । महासङ्घले यसअघि कविहरु केदार संकेत, विक्रम सुब्बा, विजय हितानको एकल कविता वाचन सम्पन्न गरिसकेको छ । एकल कविता वाचन अनलाइनमा उपलब्ध गराउने प्रचलन रहेको छ ।

More photo and video coming >>

टि भिमा प्रसारित समाचार
.
साहित्यकार शाहको योगदानको बारे निर्माण गरिएको भिडियो

कवि लिला सेलिगंको एकल कविता वाचन सुनौ >>