साहित्य महासङ्घको केन्द्रीय महासचिवमा डा. काफ्ले चयन

आसफोर्ड, युके, २७ मार्च २०१५ । विश्व नेपाली साहित्य महासङ्घको विशेष ईबैठकले डा. लेखनाथ काफ्लेलाई नयाँ महासचिवमा चयन गरेको छ ।

निवर्तमान महासचिव समदर्शि काँइलाले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै डा. काफ्लेलाई चयन गरेको हो । डा. काफ्लेलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ ग्रहण गराउनु भएको थियो । डा. काफ्लेले साहित्य महासङ्घलाई विश्वभर छरिएर रहेका नेपाली पहिचान बोकेकाहरुको साझा संस्था बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल बुटवलका डा. काफ्ले विगत ११ बर्षदेखि ताइवानमा रहदै आउनु भएको छ भने वहाले नेशनल ताइवान युनिभर्सिटीबाट किट विज्ञान विषयमा विद्याबारिधि गर्नुभएको हो । वहा यसअघि केन्द्रीय सदस्यको रुपमा क्रियाशिल हुनहुन्थ्यो । अनलाइन साहित्यिक पत्रिका ‘मुलवाटो’ को सम्पादन गर्दै आउनु भएको थियो । त्यस्तै गरि डा. गोविन्दराज भट्टराईलाई पनि दोस्रो पटक सल्लाहकारमा चयन गरेको छ र आसमका साहित्यकार रेवतीमोहन तिमिल्सिनालाई केन्द्रीय पार्षदमा मनोनयन गरेको छ ।
GS-GFNL
बैठकले निर्वतमान महासचिव काँईला कार्यालयको जिम्मेवारीमा बढुवा हुनुभएकोमा बधाई प्रस्ताव पारित गरयो । काँइलाले कार्यालयको जिम्मेवार बढेको कारण समयदिन नसकेकोले राजीनामा दिनुभएको थियो । अत्यन्तै सक्रिय रहनुपर्ने पद छोडेर आजीवन सदस्य रही महासङ्घको हितमा निरन्तर काम गर्ने निवर्तमान महासचिव काँइलाले प्रतिबद्धता जनाउनु भयो ।

बैठकमा तत्कालै ३ वटा मुलुकमा नयाँ शाखा विस्तार हुनेकुरा पनि जानकारी गराइएको थियो । औपचारिक बैठकको विषर्जन लगतै गजल र कतिाहरु वाचन गरिएको थियो । यस महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् । सबै शाखाहरुलाई नयाँ बर्षमा विभिन्न साहित्यिक कार्यक्रम गर्न बैठकले निर्देशन जारी गरेको छ ।

2 thoughts on “साहित्य महासङ्घको केन्द्रीय महासचिवमा डा. काफ्ले चयन

  1. हार्दिक बधाईछ डा.काफ्लेज्यूमा िव.ने.सा.म.सं कामहासचिव पदमा नियुक्ति भई साहित्य जगतकाे सेवामा आफ्नाे वहुमुल्य लगानि गर्नु भयेकाेमा सर

  2. नेपाल भूकम्प पिडित हरूमा समवेदना ।आत्मचित्कारगरि मृत्युकाे मुखमा परेका नेपाली जन समुदायमा हार्दिक श्रद्धानजली कार्यक्रम बर्माकाे सर्बाेच्च श्वेडगाै भगाेडामा राखियाे 28/4/2015 र 27/4/2015 मा श्री भूतनाथमन्दिमा गीतापाठ द्वारा श्रद्धानजली कार्य राखियाे।साथै मिचिना कछिन स्टेटमा यसरीनै माेगाृक.माण्डले.टमु.टाउँजी.स्वेगु.भामाे.कत्था.साथै युनिसेफकाे अफिसमा पनि राखियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *