घाम जून झलमल छाओस भन्छु म
शान्तिसंगै संबिधान आओस भन्छु म
खडेरी अभावको कवाडी बजारमा
पेटले अलिनो खान पाओस भन्छु म
राष्ट्रियताको कफन बाधी मेचीकाली
यो नेपाली शीर उचाली गाओस भन्छु म
रस्तिबस्तीको फोहर मैला दुःख पीडा
भेल बाढी झरीसंगै जाओस भन्छु म
एउटा नेपालीलाई घाउ चोट लाग्दा
अर्कोले मलम पट्टी लाओस भन्छु म ।।
– जापान