युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

विनोद मेवाहाँङ,

आसफोर्ड, गत १५ जनवरी २०१५ का दिन युकेको आसफोर्ड टाउनमा कवि विजय हितानको एकल कविता वाचन सुसम्पन्न भयो ।

एकल वाचन समारोहमा कवि हितानले वातावरणिय र युद्ध साहित्यका शक्तिशाली डेढ दर्जन कविताहरु रोचक ढंगबाट वाचन गर्नुभएको थियो ।

Bijaya_Hitan_recyting

प्रमुख अतिथि, अध्यक्ष र स्रष्टाको संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरि औपचारिक उद्घाटन भएको वाचन समारोह साहित्य महासङ्घका संरक्षक सदस्य सुरेन्द्र इङनामको बासुरी धुनबाट अघि बढेको थियो । कवि हितानद्धारा कविताहरुको वाचन लगतै साहित्यकार जानुका राईले समिक्षा मन्तब्य दिनु भयो भने सफलतापूर्वक वाचन सम्पन्न गर्नुभए वापत कवि हितानलाई प्रमुख अतिथिबाट प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । समारोहका प्रमुख अतिथि सगरमाथा नेपलिज कम्युनिटी आसफोर्डका अध्यक्ष सिरि लिम्बुले यस्ता रचनात्मक कार्यले नै नयाँ विचार दिने बताउनु भयो । एकल सिर्जना वाचनको समापन लगतै क्रिष्टिना घम, दधिबन्धु धर्तिमगर लगायत आधा दर्जन कविहरुले आफ्नो सिर्जना पस्केका थिए ।

Bijaya_Hitan_Group

विश्व नेपाली साहित्य महासङ्घ, युकेको आयोजनामा सम्पन्न कार्यक्रमलाई रोशन मेवाहाँङले सचालन गर्नुभएको थियो भने साहित्य महासङ्घ केन्द्रीय समिति अध्यक्ष विश्वास दीप तिगेलाले अध्यक्षता गर्नुभएको थियो ।
Bijaya_Hitan_award
साहित्य महासङ्घ युकेले कवि केदार सुनुवार संकेत, कवि बिक्रम सुब्बाको यसअघि नै एकल सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । यसपटक कवि हितानको सिर्जना वाचन तेस्रो श्रृंखला थियो । वाचित कविताहरु चाडै नै अनलाईनमा उपलब्ध हुने पनि जनाइएको छ ।

Dadhi

Januka

Kristina

Suren

Biswasdip2

VIDEO WILL COMING SOON >>

One thought on “युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

  1. मन छुने कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *