मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

काठमाण्डौं । टंक प्रसाद उप्रेतीद्धारा लिखित, विश्व नेपाली साहित्य महासंघ केन्द्रद्धारा प्रकासित राष्ट्र र जनता प्रति सदा समर्पित व्यतित्व मकरबहादुर बान्तावा भन्ने पुस्तक सांस्कृतिविद सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यमा यही जेष्ठ १७ गते काठमाण्डौ स्थित तिनकुनेमा अवस्थित होटल नेशनल भिजनको त्रिवेणी हलमा एक बृहत समारोहको साथ विमोचन भएको छ ।
Makar 1

उक्त कार्यक्रम प्रकाशक तथा विश्व नेपाली साहित्य महासंघका के्न्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । पुस्तकको समालोचन वरिष्ठ प्राज्ञ प्रा. मोहनराज शर्माले गर्नु भएको थियो भने लेखक टंक प्रसाद उप्रेतीले उक्त पुस्तक अहिले सम्म निस्केका आत्म व्रितान्त मध्ये श्रेष्ठ रहेको र मकरबहादुर बान्तावाको योगदान इतिहास देखी भविश्य सम्म रहि रहने छ भनी किटान गर्नु भएको थियो ।
makar 3

प्रमुख अतिथि सत्यमोहन जोशीले आफ्नो मन्तव्यको क्रममा यो पुस्तक सबै राष्ट्रबादी प्रशासक, नीति निर्माणमा बस्ने नेताहरुले कुनै पनि कार्यगर्दा यो पुस्तक ह्याण्ड बुकको रुपमा लिएर यस पुस्तकलाई अगाडि राखी मकरबहादुर बान्तावा जस्तै राष्ट्र र जनता प्रति ईमान्दार हुन सिक्नु पर्दछ भन्नु भएको थियो साथै प्रमुख अतिथि र सभापति सागर श्रेष्ठद्धारा पुस्तकका नायक मकरबहादुर बान्तावा, उहाँको श्रीमति विष्णुदेबी बान्तावा र लेखक टंक प्रसाद उप्रेतीलाई दोसल्ला ओढाएर र माला लगाएर सम्मान गरिएको थियो ।
Makar 4

उक्त विमोचन समारोहमा विभिन्न विशिष्ठ अतिथि तथा अन्य संघ संस्थाका प्रतिनिधीहरुले उक्त पुस्तकको बारेमा बोल्दै मकरबहादुर बान्तावाको दीर्घायु र सु–सस्वथ्यको कामना गरेको थियो । उक्त समारोहमा विभिन्न संघ संस्था र व्यक्तिहरुले मकरबहादुर बान्तावालाई समेत सम्मान गरेको थियो ।

makar bdr
कार्यक्रमको सभापति सागर श्रेष्ठज्यूले मन्तव्यको क्रममा विश्व नेपाली साहित्य महासंघको बारेमा र पुस्तक प्रकाशन गर्नको उदेश्यको बारेमा प्रकाश पार्दै भन्नुभयो । इतिहास साँचो र सबैको लेखिनु पर्दछ तब मात्र यर्थाथ वर्तमान बाँच्न सक्दछ । श्रेद्धय मकरबहादुर वान्तावा ज्यूको ब्यक्तित्व तथा कृतित्व समेटिएको यस पुस्तकमा लेख्न छुटेका र ओझेलमा पारिएका, बंग्याइएका सत्यताहरु बाहिर आएका छन् । भविश्यले सोध्ने इतिहासको धेरै प्रश्नका उत्तरहरु यसमा समेटिएका छन् र ब्यक्तिको योगदानलाई कदर गर्न कन्जुस गर्ने हाम्रो समाजलाई पाठ सिकाइएको छ ।

विगतलाई नियाल्दा शासक वर्गबाट इतिहासका पुस्तकहरु जलाइएको तितो इतिहास समेत पाउदछौ फलतः धेरै समुदाय र स्थानको इतिहास लोप भएको स्थिती छ । सहि इतिहासलाई कुल्चिएर अतिक्रमण समेत भएको पाउछौ । त्यसैले यो कृतिले महत्वपूर्ण इतिहासहरुलाई चुस्त र दुरुस्त राख्दै । वास्तविक इतिहासलाई जोगाई राख्नेछ भन्दै सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने तथा मिडिया कर्मिहरुलाई धन्यबाद दिनु भएको थियो ।
कार्यक्रम गजलकार तथा कवि आनन्द श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको अन्तमा चियापानको समेत व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *