सम्हालिन नसकेका आँसु खगेन्द्रको मुक्तक संग्रह लोकार्पण

सुर्खेत बैशाख ७, शनिबार वीरेन्द्रनगरमा बृहत काव्य गोष्ठी गरिएको छ । काव्य गोष्ठीमा साहित्यकार खगेन्द्र अधिकारी अमृतको कृति सम्हालिन नसकेका आँशु (मुक्तक संग्रह) को लोकार्पण समेत गरियो । सोही अवसरमा यस अनलाईन पत्रिका क्वीकखबर डट कमको पनि औपचारिक उद्घाटन भएको छ ।

वाङ्मय चौतारी नेपाल सुर्खेतको आयोजनामा गरिएको उक्त कृति लोकार्पण एवम् अनलाइन पत्रिकाको उद्घाटन कार्यक्रममा विभिन्न जिल्लाका साहित्यकारहरुको उपस्थिति रहेको थियो । सम्हालिन नसकेका आँसु मुक्तक सङ्ग्रहको लोकार्पण कृतिकारकी आमा बत्तिसरा अधिकारीको हातबाट गरिएको थियो भने अनलाइन पत्रिकाको उद्घाटन सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार मल्लले गर्नुभएको थियो । खगेन्द्र अधिकारी अमृतका यस अघि दुईवटा गजल सङ्ग्रह वसन्तमै फूलका आँस २०६५ र आँसुले जलेका मनहरु २०६९ प्रकाशित भइसकेका छन् ।
Khagendra1
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रिय समिति प्रकाशक रहेको उक्त मुक्तक सङ्ग्रहमा १४४ वटा मुक्तकहरु समावेश गरिएकोछ । प्रमुख अतिथिको आशनबाट बोल्दै डा. मल्लले भन्नुभयो, साहित्यकारहरुले अब माया प्रेमका कहानी मात्र होइन समाज परिवर्तन र रुपान्तरणका लागि रचनाहरुको सिर्जना गर्नुपर्दछ । सोही अवसरमा डा. मल्लले थप्नुभयो, पत्रकारिताको क्षेत्रमा अनलाइन माध्यमबाट विश्वव्यापी रुपमा सबैलाई सूचना पु¥याउन चालिएको कदमले नेपाली पत्रकारितामा अर्को इटा थपिनेछ । अनलाइन पत्रिकाको निरन्तरता दिनु ठूलो कुरा भएको क्वीकखबर डटकमको टिमलाई निरन्तर लाग्न सुझाव समेत दिनुभएको थियो ।

लोकार्पण गरिएको कृति सम्हालिन नसकेका आँसुको समीक्षा गर्दै प्राज्ञ डा दीपक गौतमले मध्यप- श्चिमाञ्चल क्षेत्रमा मात्र होइन नेपाली साहित्यकै क्षेत्रमा यो मुक्तक सङ्ग्रह एउटा कोशेढुङ्गा बन्न सकोस् । वास्तवमा नेपाली साहित्यको क्षेत्रमा लेखन र प्रकाशनलाई निरन्तरता दिनु अझ ठूलो कुरा भएको र अधिकारीले त्यो निरन्तर रुपमा लागिरहेको पाएकोमा अझ खुसी रहेको बताउनु भयो । पत्रकार महासङ्घ सुर्खेत शाखाका सभापति गणेश कञ्चन भारतीले शुभकामना मन्तव्यको क्रममा भन्नुभयो, साहित्यहरुले हतारमा साहित्यको सिर्जना गर्नु भन्दा त्यो सिर्जनालाई स्तरिय बनाउनमा बढि ध्यान दिनु पर्ने बेला आएको छ ।
Khagendra2
कार्यक्रममा बाल साहित्यकार प्रजीता पन्त, सरस्वती पन्त, सूर्यबहादुर शाही, पदमबहादुर थापा, पुष्पराज आचार्य, रामकुमार शाही, विद्या निर्दोष पहाडी, पहल असिम थापा, मणि पोख्रेल, नारायण तिमिल्सेना, लगायतका श्रष्टाहरुले आ आफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा खगेन्द्र अधिकारी अमृतको व्यक्तित्वको बारेमा वाङ्मय चौतारी नेपाल सुर्खेतका सहसचिव महेन्द्र चन्द महासागरले चर्चा गर्नुभएको थियो भने अतिथिहरुलाई सो संस्थाका उपाध्यक्ष युवराज संगमले स्वागत गर्नुभएको थियो ।

सोहि अवसरमा सम्हालिन नसकेका आँशुका कृतिकारलाई सम्मान समेत गरिएको थियो । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रिय समितिका अध्यक्ष विश्वासदीप तिगेलाले इमेल मार्फत पठाउनु भएको कार्यक्रम सफलताको शुभकामना कार्यक्रम संचालक ऋषि शर्मा सुदामाले वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
– क्विक खबर