प्रेस विज्ञप्ति १०, गोठाले प्रति हार्दिक श्रद्धान्जली

बरिष्ठ साहित्यकार गोठाले प्रति हार्दिक श्रद्धान्जली

नेपाली साहित्य आकासका उज्वल नक्षत्र, नेपाली साहित्यका अभिभावक, लाखौ पाठकका ढुकढुकि बरिष्ठ साहित्यकार गोविन्द बहादुर मल्ल “गोठाले” को आज १३ डिसेम्बर २०१० का दिन वहाको ८९ बर्षको उमेरमा निधन भएको समाचारले विश्व नेपाली साहित्य महासङ्घ स्तब्ध भएको छ । वहाको चिर आत्माले शान्ति पाओस शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भनी महासङ्घ भगवान संग प्रार्थना गर्दछ ।

स्व. गोठालेद्धारा वि. स. २०१६ सालमा लेखिएको पल्लोघरको झ्यालले अत्यधिक लोकप्रियता पाएको थियो भने गाठालेका कथा संग्रह, प्रेम र मृत्यू, कथैकथा कथा संग्रह, भुसको आगो, भोको घर, च्यातिएको पर्दा तथा दोष कसको छैन नाटक लगायतका धेरै कृतिहरु छन् र विभिन्न तहको पाठ्यक्रममा पनि वहाको कृतिहरु समाविष्ट छन् ।

वि. स. १९७९ असार २९ मा काठमाडौ ओमबहालमा जन्मिएका गोठालेका दुइ छोरा चार छोरी मध्ये एक छोराको निधन भएको छ र वहाको श्रीमतिको गतबर्ष निधन भएको थियो । स्व. गोठाले साहित्यकार स्व. विजय मल्लका दाजु हुनुहन्थ्यो र वहाले गोरखा दक्षिण बाहू, त्रिभुवन प्रज्ञा पुरस्कार, भवानी साहित्य पत्रकारिता पुरस्कार, जगदम्बा श्री पुरस्कार लगायत धेरै सम्मानहरु प्राप्त गर्नु भएको थियो ।

नाटक, कथा र उपन्यास तीनै विधामा पहिलो आधुनिक प्रयोक्ता गोठालेले साहित्यिक पत्रिका शारदा को सम्पादन समेत गर्नु भएको थियो । कवि सिद्धिचरण श्रेष्ठ गोपाल प्रसाद रिमाल लक्ष्मीप्रसाद देवकोटा लगायत संग उठ्बस गर्न भ्याएका गोठाले मृत्यू पर्यन्त पनि युगौयुग बाँचिरहनु हुनेछ । वहाको चिर आत्माले शान्ति पाओस पुनः हार्दिक श्रद्धासुमन टक्र्याउन चाहन्छौ ।

डा. मधु माधुर्य, रसिया
के. अध्यक्ष

विश्वास दीप तिगेला, ब्रुनाई
के. महासचिव
GFNL_PressRelease_condulance2Gothale

Leave a Reply

Your email address will not be published. Required fields are marked *