विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

साहित्य महासङ्घले चाइनीज र हिन्दीमा अनुवाद तथा विश्वब्यापी कविता प्रतियोगिता गर्ने

लण्डन, गत २८ मार्च २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घको नियमित स्काइप बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

अघिल्ला बैठकहरुको निर्णय र उपलब्धिहरुको समिक्षा गर्दै शुरु भएको महासङ्घको बैठकले ताईवान निवासी डा. लेखनाथ काफ्ले संयोजक रहेको एक कार्यदल गठन गरयो । सदस्यहरुमा समदर्शि काँइला (युएई), हरी शिवाकोटी –क्यानडा), रमेश कडेल (नेपाल) र सल्लाहकारमा रgfnl logoसियाका स्थायी निवासी कृष्णप्रकाश श्रेष्ठ रहनु भएको छ । उक्त कार्यदलले प्रथम चरण अन्तर्गत नेपाली उत्कृष्ट कविताहरुलाई चाईनीज र हिन्दी भाषामा अनुवाद गरि कृति प्रकाशन गर्नेछ । गत २५ अक्टोबर २०१४ मा सम्पन्न विश्व नेपाली साहित्य सम्मेलनले अनुवादको काम गर्ने घोषणा गरेको थियो । उत्कृष्ट कविताहरुको छनौट कविता प्रतियोगिताका उत्कृष्ट तथा नेपालका लोकप्रिय कविताहरु साथै केही हिस्सा साहित्य महासंघ आबद्ध स्रष्टाहरुको रहने छ ।

महासङ्घले तत्कालै विश्वब्यापी खुल्ला कविता प्रतियोगिता गर्ने पनि निर्णय गरयो । केही बर्ष अघि सन् २०११ मा साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले आयोजना गरेको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगितामा विभिन्न १९ मुलुक र नेपालको २७ जिल्लाबाट १८२ कवीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागिले आफ्नो सिर्जना आफ्नै आवाजमा पाठ गरेको र उक्त कविता अनलाईन पिडिएफ भर्सनमा पनि पढन् पाइने । पटकपटक दोहोरयाएर सुन्न पाइने । सहभागिको फोटो वा भिडियो समेत हेर्न पाउने ब्यवस्था थियो र अहिले पनि सुन्न, हेर्न, पढ्न र कस्तो लाग्यो भोट गर्न सकिन्छ । उक्त प्रकारको प्रतियोगिता सम्भवत विश्वमै अन्यत्र भएको छैन । नेपाल तथा अन्य नेपालीहरुबाट पनि भएको पाइन्दैन । प्रतियोगितामा विभिन्न ८ मातृभाषाका कविताहरुको पनि छुट्टै मूल्याङ्कन गरि पुरस्कृत गरिएको थियो । उक्त अभूतपूर्व कविता प्रतियोगितालाई यसपटक पुनः निरन्तरता दिन लागिएको हो ।

भित्रन लागेको बिक्रम सम्वतको नयाँ बर्ष बैशाख १ गते विश्वभरका सम्पूर्ण साहित्य महासङ्घ शाखाहरुलाई विभिन्न कार्यक्रम गरि मनाउन निर्देशन जारी गरयो साथै केन्द्रीय समितिले पनि उक्त दिन सम्पूर्ण सल्लाहकार तथा आजीवन सदस्यहरुलाई बोलाएर सिर्जना सहित शुभ कामना आदानप्रदान गर्दै सल्लाह सुझाव लिने निर्णय गरयो । महासङ्घको हाल सम्म १६ मुलुकमा २२ शाखाहरु स्थापना भई संचालनमा रहेका छन् भने ३ दर्जन आजीवन सदस्य र ४ संरक्षक सदस्य रहनु भएको छ ।

विभिन्न मुलुकका म्यूजियम, पुस्तक तथा पत्रपत्रिकामा रहेका नेपाल सम्बन्धिका गलत जानकारीहरुलाई सच्याउनको लागि सुझाव दिने गरि सन् २०११ मा गठित ‘नेपाल सम्बन्धि सुचना सुधार कार्यदल’को कार्यवधि पुनः २ बर्षको लागि थप गरेको छ । कार्यदलका संयोजक तथा वेलायतको लागि पूर्व नेपाली राजदुत मुरारीराज शर्माले कार्यवधि थप गर्नु अगाडि कार्यदलको उपलब्धिहरु दर्शाउनु भएको थियो । बुद्धको जन्मस्थल बारे सच्याउन भनी लण्डन म्यूजियमलाई आधिकारिक पत्र महासङ्घ कार्यदलले पठाएको थियो भने म्यूजियमले सच्चाइएको आधिकारिक पत्र कार्यदललाई लेखेको थियो ।

बैठकमा महासङ्घको प्रिन्ट मुखपत्र ‘साहित्य संसार’ र अनलाइन मुखपत्र ‘मुलबाटो’ को नयाँ अंक सम्बन्धमा क्रमशः प्रधान सम्पादक डा. लेखनाथ काफ्ने र सुरेन्द्र परदेशीले जानकारी गराउनु भएको थियो भने विभिन्न शाखाहरुको गतिविधिहरु जानकारी गराउने सन्दर्भमा ईजरायल शाखाका महासचिव तथा पार्षद यासिन राईले प्रतिवेदन पेश गर्नुभएको थियो । एतिहासिक कार्यक्रम गर्न सफल इजरायल शाखालाई बैठकले बधाई तथा धन्यवाद प्रस्ताव पारित गरयो । त्यस्तै गरि आगामी बैठकमा आवश्यक पार्षद तथा सल्लाहकारहरु थप्ने पनि निर्णय गरयो र तत्कालै एक ब्यक्ति ब्यक्तित्व कृति प्रकाशन तथा वितरणको लागि उपाध्यक्ष सागर श्रेष्ठलाई जिम्मेवारी तोक्यो ।

बैठकमा अमेरिकाबाट उपाध्यक्ष वेदा दाहाल, मलेशियावाट उपाध्यक्ष मनि राई गोठाले र सहकोषाध्यक्ष जीबन देवान, भारतबाट उपाध्यक्ष सुरेन्द्र परदेशी, रसियाबाट सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ, वेलायतबाट सललाहकार मुरारीराज शर्मा, अफगानिस्तानबाट कोषाध्यक्ष केदार सुनुवार, क्यानडाबाट संगठन सचिव हरी शिवाकोटि, ताइवानबाट सदस्य डा. लेखनाथ काफ्ले, नेपालबाट उपाध्यक्ष सागर श्रेष्ठ, सचिव खगेन्द्र अधिकारी, नेपाल शाखाका अध्यक्ष रमेश कडेल, इजरायलबाट इजरायल शाखाकी अध्यक्ष काजल घिमिरे र पार्षद यासिन राईको उपस्थिती थियो । बैठकको सभापतित्व वेलायतबाट अध्यक्ष विश्वास दीप तिगेलाले गर्नु भएको थियो भने महासचिव समदर्शी काँइलाले युएईबाट संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *