“शब्द, शैली र छन्दसङ्ग सून्दर शब्द पैंचो” (शोभा खतिवडा काफ्ले)

शैली, छन्द र शब्दको अबिरलै, त्यो दिब्य गंगा बहोस
शब्द छन्द बनोस र छन्द हरुको, झरना सरी गीत बगोस
शब्दै छन्द बनोस र शैली हरुको, सून्दर बखानै चलोस
मेरा शब्दहरु साहित्य नभमा, पूजा बनेर चढोस
शैSova Khetawaली छन्द र त्यो नि शब्द बीचको, सून्दर छटाझै बनोस
निला यी मसीका सबै पदहरु, फूलको थुङ्गो झैँ फूलोस
निला यी मसिका यी शब्द सहजै, आकाश झैँ त्यो बनोस
शिलापत्र बनि नदी बीच बसी, काली नदी मै रहोस
मेरा शब्दहरु हिमाल बीचको, हिउको चुचुरो बनोस
शिला पत्थर झै नदी बीच बसी, काली नदीमा रहोस
काली गण्डकीको समुन्द्र तटको, शिला बनि चम्कियोस
सप्त कोशी भरी फली झरि दिने, रुद्राक्ष्य दाना बनोस

सबको दिल बीचै सदा बगी रहुन, मनको सुखद पन बनुन
सागरको शरिता सरी हरघडी, मोती बनेर बगुन
ति मोती नभमा साहित्य जगमा, झल झल् गरी बल्दियुन
दियो यो मनको सबै पद सरी सून्दर स्वरुपमा चलुन

छन्दका अनि शब्दका वरी परी, मिलेर शब्द चलोस
शब्दका पदचाप यसरी चलोस, मन भित्र छन्द बहोस
यस्तो शब्द मिलोस म कोर्छु जगतै, त्यो शब्द पावन बनोस
सबको हित गरोस साहित्य जगको , त्यो स्वर्ण इटा बनोस.
मेरो यो पथका सबै पल भरी, साथी त्यो मेरो बनोस्
ज्ञान अनि सुख दु:खका पल् भरी, सून्दर कथानै बनोस्

साथी साथ हुदा खुशी दिन् सकोस, हासो दु:खको बनोस
सबको त्यो पथको सङ्गी बनि रहोस, मनको सुषेली बनोस
तन्नेरी हरुको त्यो जागर बनोस, त्यो रम्य साथी बनोस
उकाली चड्दा तराई हिड्दा, संगीतको धुन बनोस
सुस्केरी हरुमा युगल समुहको, गीतै बनि गम्कियोस
थाकेका पथका पथिक हरुको, सिरानीमा गुन्जियोस
हिडदा त्यो पथमा पथिक हरुको, भारी संगै त्यो रमोस
गाईका सङ्गमा हिडी रमि दिने गोठको त्यो गीतै बनोस
मनका शब्दहरु पबित्र पथका, सून्दर हिडाई बनुन
मनका र मुटुका अपूर्ब रुपका, ज्ञानका कुरा झैँ बनुन
मानिसका मनमा लुकेर रहने, शब्दै कलममा बहुन
मन भित्र अनि मुटु भित्र रहने, ती शब्द पावन बनुन
मानिसका मनमा लुकेर रहने, शब्दै कलममा बहुन
मन भित्र अनि मुटु भित्र रहने, ती शब्द पावन बनुन
यी शब्दै यसरी सधा अघि बढुन, पथका सुषेली बनुन
हिमालमा अनि ति तराई हरुमा, बाटो भरी घनकियुन