साहित्य सम्मेलन सुसम्पन्न गराउनको लागि सहयोगि सबै प्रति अध्यक्षको हार्दिक धन्यवाद तथा आभार

-:हार्दिक धन्यवाद तथा आभार:-

हामीले भर्खरै मात्र ऐतिहासिक ”विश्व नेपाली साहित्य सम्मेलन” (Global Conference of Nepali Literature, 18 Oct 2013) काठमाडौंमा सुसम्पन्न गरयौ । भगवानले पनि त चिता म पुरयाई दिन्छु भन्छ अरे साच्चै त्यस्तै भयो यसपटक । नयाँ नेतृत्व बने लगतै हामीले त्यो हिम्मत गरेका थियौ । अन्तत: नेपाली साहित्यको इतिहासमै सबैभन्दा महत्वपूर्ण बन्यो सायद । सम्मेलनमा भारत, बर्मा, भुटान, भियतनाम, ब्रुनाई, वेलायत, रसिया, इजरायल, क्यानडा, साउदी अरेयिबा, मलेशिया, हङकङ, कुवेत, जापान, ताइवान, दुबई लगायत १६ भन्दा बढि मुलुकहरुबाट आउनु भएका प्रतिनिधीहरुको सहभागिता रहयो । कोहि विदेशी नागरिक हुनुहुन्थ्यो भने कोहि प्रवासी नेपालीहरु हुनुहुन्थ्यो ।
Biswasdip-web
उक्त सम्मेलन नेपाली साहित्यलाई विश्वब्यापी गर्ने सम्बन्धमा केन्द्रीत थियो । सम्मेलनलाई विश्वभरका आदरर्णिय स्रष्टा सर्जक, साहित्यिक संस्थाहरु, साहित्य महासङ्घका शाखाहरु लगायत शुभ चिन्तकहरुबाट झण्डै ४ लाख (३ लाख ८९ हजार ७ सय ५८) रुपैया सहयोग जुटेको थियो । हामीले आमन्त्रित पाहुनाहरुलाई आवत जावत र काठमाडौमा आवासको पूर्ण ब्यवस्था गरेका थियौ । सम्मेलनको अतिरिक्त साहित्यिक यात्रा पनि महत्वपूर्ण रहयो ।

यसपटकको कार्यक्रममा नगद ४ लाख मात्र नभएर धेरै शुभकामना र आर्षिवार्दहरु पनि प्राप्त भएका थिए भन्ने लाग्दछ । धेरै स्रष्टाहरुको आस्था र विश्वास साहित्य महासङ्घ प्रति बढेको छ । त्यस्तै महासङ्घ माथि थप जिम्मेवारीहरु पनि आएको अनुभूति गरेका छौ ।

म (विश्वास दीप तिगेला)साहित्य महासङ्घको केन्द्रीय नेतृत्वको हैसियतले जजसले हामीलाई विश्वास गरि आर्थिक र नैतिक सहयोग गर्नुभयो सबैलाई धन्यवाद ब्यक्त गर्न चाहान्छु । त्यस्तै गरि सम्मेलन ब्यवस्थापनको काम विदेश मै रहेर वा काठमाडौंमै अहोरात्र खटेर गर्नुहुने ब्यवस्थापन समितिका अध्यक्ष, नेपाल शाखाका अध्यक्ष लगायत ब्यवस्थापन समितिका सबै सदस्यहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । सम्मेलन तयारीको लागि भने जस्तो लामो समय नभएको कारण सबै सहयोगिहरुको सहयोग लिन सकेनौ यद्यपी महासङ्ले केही साहित्यिक प्रोजेक्टहरु ल्याउदै गरेको हुनाले उक्त अवसरमा यहाहरुको सहयोग पाउने आस गर्दछौ ।

नेपाली साहित्यको श्रीबृद्धि र नेपाली पहिचानको लागि हाम्रो अभियान सबैको लागि सधैको लागि बन्न सकोस ।

म ब्यवस्थापन समितिबाट प्राप्त संकलित रकम तथा आयब्ययको विवरण यहा प्रस्तुत गर्न चाहान्छु ।

विश्व नेपाली साहित्य महासंघलाई सहयोग गर्नेहरुको नामावली

-१) विश्वासदिप तिगेला रु ३५,०००/
-२) साहित्य महासंघ, इजरायल शाखा रु ३०,०००/
-३) केदार सङ्केत – २५,०००/
– ४) हरि प्रसाद शिवाकोटी रु २५,०००/
-५) ब्रिटिश कलेज रु २०,०००/
-६) सुरेन्द्र परदेशी रु १६,०००/
-७) समदर्शी काँइला – १५,०००/
-८) सुरेन्द्र इंगनाम रु १५,७००/
-९) साहित्य महासंघ, मलेशिया शाखा १२,४००/
-१०) साहित्य महासंघ, कुवेत शाखा रु ११,०००/
-११) सुशिला लिम्बु – १०,३४०/
-१२) समाश्री राउत – १०,१००/
-१३) डा. लेखनाथ काफ्ले रु १०,०००/
– १४) साहित्य महासंघ, युएई शाखा – १०,०००/
-१५) मनु लोहोरुङ – १०,०००/
-१६) तीर्थ संगम (नवोदित साहित्यिक मो.पु., कतार) रु १०,०००/
-१७) दीपा राई पुन रु १०,०००/
-१८) बेद दाहाल रु ९,४८८/
-१९) भोजराज वराल रु ८,१३१/
– २०) जीवन देवान रु ६,४१०/
-२१) जय प्रकाश सुनुवार – ५,५००/
– २२) सपना गौतम रु ५,५००/
-२३) सुशिला लोप्चन – ५,०४३/
-२४) कुन्ता-डण्ड प्रतिष्ठान परिवार- ५,००१/
-२५) बिनोद बान्तवा – ५,०००/
-२६) मीरा मन थापा – ५,०००/
– २७) निष्टा राई – ५,०००/
– २८) टंक सम्वाहाम्फे रु ५,०००/
-२९) जगत बहादुर सुनुवार – ३,११५/
– ३०) कविताराम श्रेष्ठ रु ३,१४८/
-३१) दीप दर्शन, (उदाउदो तारा साहित्य समाज, पेनांग) रु ३,१००/
-३२) खिम थापा रु ३,०००/
– ३३) नउलौ क्यावचा – २,५००/
– ३४) लोकराज सुनुवार – २,५००/
-३५) उमादेवी सुनुवार रु २,५००/
-३६) याम भण्डारी रु २०६७/
-३७) करण थापा, देहरादुन – २,०४४/
– ३८) काजी गुरुङ – २,०००/
– ३९) इन्दु राई, दार्जलिङ – २,०००/
-४०) मुकेश राई – २,०००/
-४१) अशोक पार्थिव+छ्योइसाङ तामाङ – २,०००/
-४२) देश सुब्बा रु २,०००/
– ४३) चन्द्र जोशी – २,०००/
-४४) मानकाजी गुरुङ – १,५२८/
– ४५) पद्मा लिंखा मगर – १,५००/
– ४६) पम्फा पुरी – १,००५/
-४७) प्रतीक ढकाल – १,००५/
-४८) अनट्रिट डट कम – १,०००/
-४९) नेपाली वाङ्मय परिषद, नेपाल – १,०००/
-५०) भानु सुनुवार – १,०००/
-५१) बुद्धि मोक्तान – १,०००/
-५२) शान्ता तामाङ रु १,०००/
-५३) पूर्ण कान्छा गुरुङ रु १,०००/
-५४) हिक्मत थापा रु १,०००/
-५५) सागर लामा रु १,०००/
– ५६) दीपक जंग बोहोरा – ५००/
– ५७) दिव्या लिम्बु – ५००/
– ५८) यामिनी राई – ५००/
– ५९) सीमा थापा रु ५००/
-६०) नवराज + मणिराज रु २००/-

जम्मा उठेको रकम रु ३८९७५८/-

खर्च भएको रकम :-

१) अतिथी आवत जावत खर्च (प्लेन टिकट समेत) रु ५०६२२/
-२) साहित्य संसार रु ४५०००/
-३) प्रमाण पत्र रु १२४००/
-४) फ्लेक्स, ब्याज, फोटोकपी तथा स्टेशनरी रु ११२५०/
-५) लाइव शो को लागी नेट कार्ड रु २५००/
-६) सम्मेलन अवधी सम्म बैठक खर्च, अतिथी ट्याक्सी, खाजा खाना रु १२०००/
-७) फोन जम्मा खर्च रु ३०००/
-८) पैसा कलेक्सन आवत जावत रु ५०००/
– ९) प्रेस मिटिंग रु ११००/
-१०) अतिथी सत्कार (लजिंग फुडिंग) रु १६५५१/
-११) सम्मेलन नास्ता सेट २०० र चिया, कुकिज, पानी रु ३३०३०/
-१२) दोसल्ला खादा रु २८००/
-१३) मुभी खर्च रु ४०००/
-१४) साहित्यिक यात्रा (भाडा तथा अन्य खर्च) रु ८५००/
-१५) हल भाडा रु ८०००/
-१६) विश्व नेपाली साहित्य महासंघ पुरस्कार नगद रु ५०,०००/
-१७) विश्व नेपाली साहित्य युवा पुरस्कार नगद रु २५,०००/
-१८) भाषाभाषी साहित्य पुरस्कार रु १०,०००/-

जम्मा खर्च रु ३००७५३/-

वचत रु – (आम्दानी रु ३८९७५८/- -खर्च रु ३००७५३/-) = रु ८९००५/-(यी सम्पूर्ण रकम रमेश कडेल जी संग सुरक्षित रहेको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *