विनेसाम इजरायल शाखा कविता प्रतियोगिताको लागि हार्दिक आव्हान गर्दछ !

इजरायल, कविता वाचन प्रतियोगिता भाग लिनुहुन् सम्पुर्ण नेपाली साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा हार्दिक आब्हान गर्दछ !

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा सम्बर्धन गर्ने प्रमूख उद्देश्यबाट स्थापित विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले यही इजरायलमा कार्यरत नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै रहनु भएको साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुका लागी “कविता” वाचन प्रतियोगिताको आयोजना गरेको छ !

यो कविता प्रतियोगितामा भाग लिई आफ्नो सुनौलो अबशर उठाउनु हुन् सम्पूर्ण साहित्यकार नेपाली दिदी बैनी तथा दाजु भाइहरुलाई आव्हान गरिएको छ ।

“कविताको शिर्षक : किन रोई रहेछिन जननी ?

१. कविता प्रतियोगिता फेर्वरी १५ तारिक शनिवार दिउसो ११:०० देखि शुरु भै सक्ने छ !
२. “कविता “वाचन शुद्ध नेपाली भाषामा लेखिएको र देशको अबस्था राष्ट्र प्रेमले ओतप्रोत भएको हुनु पर्नेछ !
३. कविता कुनै पनि पत्र पत्रिकामा प्रकाशित नभएको हुनु पर्ने छ !
४. कविता वाचन गर्दा प्रष्ट हुनु पर्ने ,र कविता ६० देखि बढीमा ७५ लाइन सम्मको हुने कविताको शव्द हरफलाइ परिवर्तन गरि ३० देखि बढीमा ४५ शब्द हरफ हुनु पर्नेछ,भनेर परिवर्तन भएको जानकारी यसै सुचना द्धारा गराउन चाहन्छौ
५. रचनाहरु अन्य कृति (विशेष गरी पुस्तक) हरुमा प्रकाशित नभएको हुनु पर्ने छ।
६. रचनाहरुमा व्यक्ति विशेषलाई आक्षेप नलागेको हुनु पर्ने छ।
७. कविताको – निष्पक्ष मूल्यांकनको लागि नेपाल बाट आउनु हुने साहित्यकार सर्जकहरु सम्मिलित तीन सदस्यीय मूल्याङ्कन निर्णायक समिति गठन गरिनेछ र उक्त समितिले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ।
८. प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने रचनालाई बिशेष पुस्कर तथा प्रमाण पत्र दिइनेछ !
९. कविता वाचन प्रतियोगितामा भाग लिने रचनाकारले कविता पठाउनु हुदा साथमा आफ्नो नाम ठेगाना र पासपोर्ट साइजको एकप्रती फोटो र सहमति पत्र हाम्रो विश्व साहित्य महासंघको इमेल मा पठाउनु पर्नेछ।
१०. पुरस्कार कविता वाचन प्रतियोगिता सकिना साथ् कार्यक्रम स्थल मै वितरण गरिने छ !
११. पुरस्कृत प्रथम ,दोस्रो,तेस्रो ,चौथो हुनेको कबितालिया विश्व साहित्य महासंघ बाट निकालिने बुकमा पछी त्यो कविता समाबेश गरिने छ ! र दशौ सम्म राम्रो स्तरको कवितालाई पनि समाबेश गरिने छ !
१२. कविता १५ जनवरी अगावै प्राप्त हुनुपर्ने छ।
१३. २०१४ जनवरी १५ पछाडि आएका कुनै पनि कविताहरुलाई प्रतियोगितामा समावेश गरिने छैन।
१६. तोकिएको समय अर्थात १५ जनवरी २०१४ सम्म प्राप्त कविताहरुमध्ये निर्णायक मण्डलले छानेको उत्कृष्ट १० रचनालाई संस्थाको फेसबुक वेप साइड बुकमा प्रकाशित गरिने छ।
१४. कविता वाचन प्रतियोगिता कार्यक्रममा १० वटा कवितालाई छानिने र सो छानिएको कविता पठाउने ब्यक्तिलाइ मात्र कविता वाचन गर्न दिइनेछ,!
१५. निर्णायकहरुले दिएको अंकको आधारमा क्रमश: प्रथम, द्वीतीय र तृतीय, चौथो छुट्याइने छ।
१६. उत्कृष्ट कवितालाई संस्थाबाट निकालिने बुकमा वा स्मरिका र वेभसाइटमा प्रकाशित गरिनेछ।
१७. प्रतियोगिले तोकिएको समयवधि भित्र आफूले भाग लिन चाहेको कविता संलग्न गरी प्रतिष्पर्धामा आफू सहभागी हुन चाहेको जानकारी सहितको पत्र माथि उल्लेखित ईमेलमा पठाउनुपर्नेछ धन्यबाद :

सम्पर्क:
विश्व नेपाली साहित्य महासंघ शाखा, इजरायल,
इमेल: saranepal48@gmail.com

NOTE : यस प्रतियोगितामा इज़रायलमा रहनु हुनेहरु मात्र समेटिने छन् । धन्यवाद ।

थप जानकारीको लागि सम्पर्क:
१. अध्यक्ष- काजल घिमिरे (नानु) -0587878806
२. उपाध्यक्ष -दिपेन्द्र थापा -054-9534544
३. उपाध्यक्ष -कृष्ण रायामाझी -054-576412
4. महासचिब -सुनिता (यासिन) राइ – 054-3558824
5. सचिब निशा खनाल अर्याल-054-7659453
6. कोषाध्यक्ष- धर्म भण्डारी -054- 8795860
—————————————————————————————————

कविता वाचन प्रतियोगितामा सहभागी गराई दिन बारे !
…………………
महोदय ,
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले आउदो फेब्रुवरी महिनाको १५ तारिक शनिवार बिहान ११:०० देखि खुल्ला कविता वाचन प्रतियोगिताको प्रतिष्पर्धा गराउने कार्यक्रमको आयोजना गरेको हुदा उक्त कार्यक्रममा इजरायलमा रहनु भएका सम्पूर्ण ,संघसंस्थाका साहित्यकार, साहित्यका अनुरागी, मानुभावहरुलाई आ-आफ्नो संस्थामा रहनु भइ साहित्यमा कलम चलाउदै आउनु भएको साथीहरुलाई यस विश्व नेपाली साहित्य महासंघ इजरायल द्धारा हुन् जाने कविता वाचन प्रतियिगीतामा प्रतियोगीको रुपमा सहभागी गराई दिनहुनको लागि बिनम्र अनुरोध गर्दछौ !

कविताको शिर्षक “किन रोई रहेछिन जननी ?

पुरस्कार,
प्रथम, दोश्रो, तेस्रो (हुनुहुने प्रतियोगीलाई) : विश्व नेपाली साहित्य महासंघको लोगो अंकित, ट्रफी साथमा प्रमाण पत्र, प्रदान गरिने छ !

सहभागी शुल्क : निशुल्क रहनेछ ,
मिति: २०१४ फेब्रुवरी १५ तारिख
स्थान: हामीले सुचना द्धारा जानकारी गराउनेछौ ..तेलभिब लेबन्दा पार्क छेउछाउमा,
समय: दिनको ११ बजे (शनिबार)
सम्पर्क: अध्यक्ष् -काजल घिमिरे नानु 0587878806,
उपाध्यक्ष- कृष्ण रायमाझी ,9545764126
उपाध्यक्ष- दिपेन्द्र थापा 0549534544
महासचिब -यासिन राई(सुनिता)0543558824
निशा खनाल 0547659453,
कोशध्य्क्ष-धर्म भण्डारी -0548795860

आयोजक
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा

not: इजरायलमा रहनु भएको साहित्य प्रेमी साथीहरुले मात्र भाग लिन पाउनु हुनेछ !
इमेल ,
saranepal48@gmail.com
(gfnl.israel@gmail.com) >

Leave a Reply

Your email address will not be published. Required fields are marked *