इर्श्या गरेर अर्काको (सपना गौतम)

गरेरै ईष्या अरु कसैको, जलिन कहिल्यै
लडेनी बिघ्न र बाँधासँग, ढलिन कहिल्यै
sapana gautam

सबैले ताप्दा रहेछन् ताप, बलेकै आगोको
एकपल्ट जले तथापि, फेरि बलिन कहिल्यै

आफन्त को पर्राई को, चिनिन कसैलाई
डुबाए पनि नूनमा मलाई, गलिन कहिल्यै ।

के लेखिएको थियो कुन्नी, छैठीमा भाविले
जे लेखिए पनि मन विरुद्ध, चलिन कहिल्यै

जन्मिदै आँत मरेको, एउटा विरुवा थिएँ म
माटोमै जरा रहेनी, फेरि फलिन कहिल्यै

– क्यानडा