पल्टनघर (संजिव राई ‘पारदर्शी’)

बुद्ध जस्तै त्यागिहरुको बास हो पल्टनघर
परिवार र आफन्तको स्वास हो पल्टनघर
sanjib
पूर्वदेखि पश्चिमको गोर्खाली मिलेर बसेको
वीरयोद्धाहरुको क्यानभास हो पल्टनघर

संसार निल्न खोज्ने कठोर आतंकबादको
चिहान खन्ने भयानक त्रास हो पल्टनघर

बाघको मुखबाट शिकार खोसि देश लान्छन
साच्चिकै नेपालीको मिठो गाँस हो पल्टनघर

– वेलायत