विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई

युएई, विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको अध्यक्षमा कवि मुम्छे राई चयन भएका छन् । असोजको पहिलो हप्ता दुबई स्थित सिन्ध–पंजाब रेष्टुरेष्टमा भएको नेपाली सर्जकहरुको साधारण भेलाले राईको नेतृत्वमा महासङ्घ युएई शाखा गठन गरेको हो ।
१२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा किरण कौशल मेयोङवा, महासचिवमा देबिनबाबु राई, सचिवमा जीवन शर्मा अर्याल, कोषाध्यक्षमा कैलाश राई, सहकोषाध्यक्षमा ओम कुमारी खाँड र सदस्यमा निमेष गिरी, तेज राई, मोहराज मोहन, सुरेस थकित, पवन घर्तिमगर, प्रवेशकुमार राई बिएस पृथक रहेका छन् । भेलाले शाखाको सल्लाहकारमा समदर्शी काँइला र पिएस लिम्बु निश्चललाई चयन गरेको छ ।
युएईमा नेपाली साहित्यको उन्नयन, सर्जकको सम्मान र संरक्षणको लागि विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा गठन भएको अध्यक्ष राईले बताए । महासङ्घ केन्द्रको आयोजना र सम्पूर्ण शाखाहरुको सहआयोजनामा २५ अक्टोबरमा हुने विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न गर्नका लागि १० हजार रुपैया सहयोग समेत गरेको छ । शाखा युएई ब्यापी कविता प्रतियोगिता गर्ने योजनामा रहेको पनि अध्यक्ष राईले जानकारी दिए । उनको ‘एक किलो जंगल’ कविता संग्रह प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *