महासंघको दमौली उपशाखा, युएई शाखा गठन, ‘विश्व नेपाली साहित्य सम्मेलन’ काठमाडौंमा ८ कार्तिक २०७० मा सम्पन्न हुदै

Literature conference

हार्दिक अनुरोध

नेपाली साहित्यको विकास, विस्तार र सम्बद्र्धनको लागि ‘विश्व नेपाली साहित्य सम्मेलन’ Conference of Global Nepali Literature आगामी ८ कार्तिक २०७० तदनुसार २५ अक्टोबर २०१३ का दिन प्रज्ञा भवन, कमलादी काठमाडौंमा देश विदेशका विशिष्ट साहित्यकारहरुको उपस्थितीमा सुसम्पन्न गरिने भएकोले उक्त सम्मेलन सफल बनाउनको लागि तपाई साहित्यकार, शुभ चिन्तक लगायत सम्पूर्ण साहित्यिक सङ्घसंस्थालाई यथासक्दो विविध सहयोग गर्नुहुन विश्व नेपाली साहित्य महासङ्घ हार्दिक अनुरोध गर्दछ ।

सम्मेलन आयोजक समिति
थप जानकारीको लागि gfnl@ymail.com
फोन: 0044 7460821303 (UK)

———————————————
विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

दमौली /५ असोज
विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ ।

तनहुँमा क्रियाशिल युवा साहित्यकारहरुको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम बहादुर थापा मगर (छिद्रमुटु) सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा संञ्जिवनी गुरुङ्ग र सहसचिवमा दिपक राई लाई चयन गरेको बताइएको छ ।

नव निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सहभागिहरुले महाभारतका रचियता मर्हिषि वेद व्यास र आदिकवि भानुभक्त आचार्यको जन्मभुमिलाई विश्वमाझ परिचित गराउन विश्व साहित्य महासंघ दमौली उपशाखाको भुमिका रहनुपर्नेमा जोड दिएका थिए । सल्लाहकारमा साहित्यकार संगम सापकोटा लायतको उपस्थित रहेको थियो ।

————————————————
विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको नेतृत्वमा मुच्छे राई

युएई, विश्व नेपाली साहित्य महासङ्घ युएई शाखाको अध्यक्षमा कवि मुम्छे राई चयन भएका छन् । असोजको पहिलो हप्ता दुबई स्थित सिन्ध–पंजाब रेष्टुरेष्टमा भएको नेपाली सर्जकहरुको साधारण भेलाले राईको नेतृत्वमा महासङ्घ युएई शाखा गठन गरेको हो ।
१२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा किरण कौशल मेयोङवा, महासचिवमा देबिनबाबु राई, सचिवमा जीवन शर्मा अर्याल, कोषाध्यक्षमा कैलाश राई, सहकोषाध्यक्षमा ओम कुमारी खाँड र सदस्यमा निमेष गिरी, तेज राई, मोहराज मोहन, सुरेस थकित, पवन घर्तिमगर, प्रवेशकुमार राई बिएस पृथक रहेका छन् । भेलाले शाखाको सल्लाहकारमा समदर्शी काँइला र पिएस लिम्बु निश्चललाई चयन गरेको छ ।
युएईमा नेपाली साहित्यको उन्नयन, सर्जकको सम्मान र संरक्षणको लागि विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा गठन भएको अध्यक्ष राईले बताए । महासङ्घ केन्द्रको आयोजना र सम्पूर्ण शाखाहरुको सहआयोजनामा २५ अक्टोबरमा हुने विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न गर्नका लागि १० हजार रुपैया सहयोग समेत गरेको छ । शाखा युएई ब्यापी कविता प्रतियोगिता गर्ने योजनामा रहेको पनि अध्यक्ष राईले जानकारी दिए । उनको ‘एक किलो जंगल’ कविता संग्रह प्रकाशित छ ।
———————————————————————–

विश्व नेपाली साहित्य सम्मेलनको लागि भारतका विशिष्ट साहित्यकारहरु काठमाडौं आउनु हुदै

ब्रुनाई, १६ अक्टोबर २०७०, विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा विश्व नेपाली साहित्य सम्मेलन हुदैछ ।

सम्मेलनका लागि भारतीय साहित्य अकादमी परामर्श समितिका अध्यक्ष (कुलपति) प्रेम प्रधान, कवी डा. राजेन्द्र भण्डारी, सिक्किम विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा.डा. कविता लामा, हिन्दु विश्वविद्यालय, वनारस भाषा विभागका अध्यक्ष प्रा.डा. दिवाकर प्रधान लगायतका शिशिष्ट साहित्यकारहरु नेपाल आउनुहुने भएका छन् ।

एक दिवसिय साहित्य सम्मेलनका लागि वेलायत, ब्रुनाई, साउदी अरेविया, अमेरिका, इजरायल, क्यानडा लगायतका प्रवासी नेपाली साहित्यकारहरु नेपाल भित्रनेक्रम शुरु भएको छ ।

सम्मेलनमा समसामयिक नेपाली साहित्यको बारे छफफल हुनेछ साथै साहित्य महासङ्घले पुरस्कार तथा सम्मानहरु प्रदान गर्ने, कृतिहरु विमोचन गर्ने आदी कार्यक्रम रहेको छ ।

आगामी २५ अक्टोबरका दिन प्रज्ञा भवन कमलादीमा हुने उक्त कार्यक्रममा सबै साहित्यकार तथा साहित्य प्रेमीहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ । महासङ्घको हाल सम्म विश्वका १३ मुलुकमा १७ शाखाहरु निर्माण भई संचालनमा रहेका छन् ।

किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

९ अक्टोबर २०१३, विश्व नेपाली साहित्य महासङ्घको सिन्धुपाल्चोक उपशाखा गठन भएको छ ।

शनिवार सदरमुकाम चौतारामा भएको साहित्यकारको भेलाले किशमा किशोरको संयोजकत्वमा उपशाखा गठन गरेको छ । महासङ्घ नेपाल शाखाका उपाध्यक्ष कला अनुरागीको उपस्थितीमा भएको भेलाले टीका सुवेदी, टंक खड्का, सुन्दर शिषिर, रुपक पुरी, सुरेश बुढाथोकी, सुमित काफ्ले, लक्ष्मी पौडेल ‘उषा’ र नानीराम नेपाललाई कार्यसमिति सदस्यमा चयन गरेको छ ।

भेलामा जिल्लाका महाकाब्यकार चन्द्रप्रसाद न्यौपाने, साहित्यकार तथा कलाकार अमित घिमिरे, सिन्धुपाल्चोक दैनिकका सम्पादक÷प्रकाशक रवीन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार सुरेश कसजू लगायतको उपस्थिति थियो ।

poster