क्वालालम्पुर । २ सेप्टेम्बर २०१३, अनामण्डली मलेसिया र विश्वनेपाली साहित्य महासंघ मलेसियाको संयुक्त संयोजनमा गजलकार “गनिन्द्र विवस”को एकल गजल तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको कार्यक्रममा अनाममण्डली मलेसियाका अध्यक्ष राज अविरल यात्रीको सभापतित्वमा एवम् गनिन्द्र विवसको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
ganendra
कार्यक्रममा विश्वनेपाली साहित्य महासंघका केन्दि्रय उपाध्यक्ष मनिराइ गोठाले, प्रकाश विसि त्यसैगरि साउदी अरवबाट अनलाइन अतिथीको रुपमा पञ्च विस्मृत निस्चल परदेशी,विश्वनेपाली साहित्य महासंग मलेसियाका अध्यक्ष जीवन देवान गाउँले, देवी प्रशाद ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो । गजल, कबिता र मुक्तकको त्रिबेणि रुपमा रहेको कार्यक्रममा गजलले माहोल तताएको थियो ।
Jiwan
कार्यक्रममा बिवसले करिब २ दर्जन सिर्जनाहरु वाचन गर्नु भएको थियो । कार्यक्रमको संचालन गजलकार श्रृजन श्रीले गर्नु भएको थियो । सोहि कार्यक्रममा साहित्यकार विवशलाई अनाममन्डली मलेसिया र विश्वनेपाली साहित्य महासंघ मलेसियाले सम्मान गरेको थियो ।

– रामचन्द्र नेपाल,

Comments

comments

: News

Comments are closed.