प्रेस विज्ञप्ति १

GFNL_PressRelease1Branch_KSA1
यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत २७ अगष्ट २०१० का दिन साउदी अरेबिया शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

शाखाको प्रतिनिधित्व गर्दै केन्द्रिय परिषद सदस्यमा चयन भएर केन्द्रमा आउनु भएका प्रतिनिधिलाई पनि हार्दिक न्यानो स्वागत गर्दछौ ।

शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाई धन्यवाद साथै आगामी दिनमा एकै परिवार बनेर नेपाली साहित्यको लागि काम गर्ने आस राख्दछौ । यस शाखा केन्द्र र विश्वभरका अन्य शाखाहरु बीच नियमित सम्पर्क हुनुपर्ने भएकोले स्थायी र सजिलो सम्पर्क ठेगाना तुरुन्त उपलब्ध गराउन आग्रह गर्दछौ ।

अन्तमा साहित्य महासङ्घ साउदी अरेबिया शाखाको भविश्य उज्वल बनोस फलदायी बनोस भन्ने शुभकामना ब्यक्त गर्दछौ ।

जय नेपाली साहित्य

डा. मधु माधुर्य (रसिया) के. अध्यक्ष

विश्वास दीप तिगेला (ब्रुनाई) के. महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *