विश्व नेपाली साहित्य महासङ्घ नेपालमा कँडेल

काठमाडौँ, २० साउन । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा रमेश कँडेलको अध्यक्षतामा गठन भएको छ ।

केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको उपस्थितिमा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा कला अनुरागी,उपाध्यक्षमा तिब्बत दर्लामी, महासचिवमा बिना थिङ तामाङ, सचिवमा ऋतु अधिकारी, अर्थ सचिवमा विद्या सापकोटा तथा सदस्यमा अकिञ्चन नानी, नैना निर्झरा, जेन तमु, चन्द्रा चामलिङ र गणेशकुमार राई तथा मिडिया कार्यदलमा उद्धव तामाङ रहनुभएको छ ।

शाखाका सल्लाहकारमा हरि अधिकारी, उषा शेरचन र प्रतीक ढकाल र फुलमान बल रहनुभएको छ । भेलाकै अवसरमा पूर्णकान्छा गुरुङ र सरस्वती महतका गजलसङ्ग्रह पनि विमोचन गरिएको थियो । विश्वभर छरिएका नेपाली साहित्यको संरक्षण, संवद्र्धन, विकास र विस्तार गर्ने उद्देश्यले महासङ्घ विसं २०६७ भानुजयन्तीमा स्थापना भएको हो । हालसम्म १२ मुलुकमा १४ शाखा स्थापना भइ संचालनमा रहेका छन् । महासङ्घले आगामी कात्तिकमा गैरआवासीय नेपाली सङ्घको सम्मेलनका अवसरमा नेपालमा विश्व नेपाली साहित्य सम्मेलन पनि गर्दैछ ।
—————————————————————————————————————-
GFNL Ktm
हाम्रो संसार सम्बाददाता,
काठमाण्डौ, साउन २० । काठमाण्डौको एक होटलमा हिजो दर्जनौ साहित्यकारहरुको समुपस्थितिमा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको गठन भएको छ । उक्त अबसरमा विश्व नेपाली साहित्य महासंघ केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठ ज्यूको विशेष उपस्थिति रहेको थियो । रमेश कंडेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको छ । जस अनुसार : निम्न लिखित नामावली छन् ।
अध्यक्ष: रमेश कंडेल
उपाध्यक्ष: कला अनुरागी
उपाध्यक्ष: तिब्बत दर्लामी
महा–सचिव: विना थिङ्ग तमाङ्ग
सचिव: रितु अधिकारी
अर्थ सचिव: विद्या सापकोटा

सदस्यहरु:
अकिचन नानी,
नैना निर्झरा,
जेनु तमु,
चन्द्रा चाम्लिङ्ग,
गणेश कुमार राई

मिडिया टास्कफोर्स संयोजक
उद्धव तमाङ्ग

सल्लाहकारहरुः
हरी अधिकारी
फूलमान वल
उषा शेरचन
प्रतिक ढकाल रहेका छन ।

उक्त अबसरमा केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठ ज्यूले विश्व नेपाली साहित्य महासंघ खोल्नुको उद्येश्य, अहिले सम्म यसका शाखाहरु कहाँ कहाँछन ।

नेपाल शाखा स्थापना गर्नुको कारण, नेपाली साहित्यलाई नेपाली भाषामा मात्र नभएर अन्य विदेशी भाषामा पनि रुपानतराण गर्ने लक्ष्य रहेको आदीको बारेमा प्रकाश पार्नु भएको थियो ।

नव निर्वाचित पदाधिकारीहरुलाई विनेसाम केन्द्रिको तर्फबाट साथै व्यक्तिगत तर्फबाट खादा ओडाएर बधाई तथा शुभ–कामना दिनु भएको थियो र अन्त्यमा अध्यक्ष लगाएत कार्य समितिका सबैलाई शपथ ग्रहण गराउनु भएको थियो ।