विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन

सिंगापुर, १७ जुलाई २०१३, गीतकार रामप्रसाद राईको अध्यक्षतामा विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन भयो ।

साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको उपस्थितीमा सम्पन्न भेलाले महासचिवमा आले माइला लाई चयन गरयो । माइला सिंगापुरका स्थायी निवासी हुन् । त्यस्तैगरि सदस्यहरुमा होमकाजी गुरुङ, विपिन योन्जन, कुमार श्रेष्ठ, केदार राई, टंक लिम्बु, सुभाष घिसिङ, सुरज राई
(दार्जिलिङ्गे ब्रो), बालकृष्ण तितुङ, होमनाथ गुरुङ र होमबहादुर गोम्देन रहनु भएको छ । सल्लाहकारमा जीवन मुकारुङ चयन हुनुभएको छ ।
GFNL-Singapour
गोर्खा किचन रेष्टुरेष्टमा सम्पन्न भेलाले चाडै नै एक भेलाको आयोजना गरि पूर्ण कमिटी निर्माण गरि विभिन्न साहित्यिक गतिविधि संचालन गर्ने बताइएको छ । सिंगापुर शाखा महासङ्घको १४ औ शाखा हो भने विश्वभरको १२ मुलुकमा साहित्य महासङ्घ विस्तार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *