साहित्य महासङ्घको दुई दिवसिय कार्यक्रम सम्पन्नः शपथ, सम्मान, विमोचन र सिर्जना

क्वाललम्पुर, १३ जुलाई २०१३, मलेशियाको राजधानी क्वाललम्पुरमा विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
GFNL-Malaysia1
मलेशियामा सेवारत साहित्यकार मनि राई गोठाले, जीवन देवान र दीप दर्शन शाही क्रमशः उपाध्यक्ष, आर्थिक सहसचिव र सदस्यमा भर्खरै निर्वाचित हुनुभएको हो । वहाहरुलाई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले शपथ ग्रहण गराउनु भएको थियो ।
GFNL-Malaysia6
दोस्रो दिन साहित्य महासङ्घ मलेशिया शाखाले नियमित संचालन गर्दै आएको साप्ताहिक साहित्यिक कार्यक्रमको अवसरमा महासङ्घको ४ औ स्थापना दिवस, २०० औ आदीकवी भानु जयन्ति, स्रष्टाहरुको सिर्जना बाचन र मलेशियाका विभिन्न साहित्यिक संस्थाहरुलाई सम्मान गरिएको थियो । अनाममण्डली मलेशिया, उदाउदो तारा साहित्य समाज पेनाङ्ग, नयन साहित्य समाज जोहरबारुलाई अध्यक्ष तिगेलाले महासङ्घ केन्द्रीय समितिको तर्फबाट सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
GFNL-Malaysia2
साहित्य महासङ्घको गतिविधिहरुलाई समेट्ने उद्देश्यले प्रकाशन शुरु गरिएको साहित्यिक मुलबाटो ईपत्रिकालाई उपाध्यक्ष मनि राई गोठालेले सार्वजनिक गर्नुभयो । पिडिएफ कपी बनाई इमेल मार्फत हजारौ स्रष्टा सर्जकहरुलाई पठाइने ईपत्रिकालाई ताइवानबाट अनलाइन संयोजक डा. mulbato

DOWNLOAD MULBATO in PDF file

 

लेखनाथ काफ्लेले सम्पादन गर्नुभएको हो । उक्त मुलबाटो मासिक प्रकाशन हुने बताइएको छ ।
GFNL-Malaysia7
त्यस्तैगरि केस्रा साहित्य पुस्तकको विमोचन गर्दै साहित्यका सबै विधालाई महासङ्घले सहयोग र सम्मान गर्ने अध्यक्ष तिगेलाले बताउनुभयो । केस्रा साहित्यको बारे अन्तरक्रिया समेत गरिएको थियो ।

नेपालीहरुको एकताको प्रतिकको रुपमा विकास हुदै गएको भानु जयन्तिको सम्बन्धमा र साहित्य महाङ्घ स्थापनाको औचित्यको बारे चर्चा गर्दै राज सहयात्री आङदेम्बे, दीप शाही, निश्चल दाहाल, सोमनाथ सुवेदी, झरीधन राई, मृत निर्मल, हेमराज नाम्साङ, राजकुमार तरेबा, गनिन्द्र विवस, मौलश्री लिम्बु, रामचन्द्र गिरी, दिलदुःखी जन्तरे, कालीराम घर्तिमगर लगायतले आआफ्नो सिर्जना बाचन गरेका थिए ।
GFNL-conference-web
आगामी अक्टोबर महिनाको अन्तिम हप्ता विश्व नेपाली साहित्य सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएकोले सबैसंग उक्त कार्यक्रमलाई सफल बनाउन आजै देखि लाग्न प्रमुख अतिथि अध्यक्ष तिगेलाले आग्रह गर्नुभयो ।

झण्डै ५ लाख नेपालीहरु रहेको मलेशियाको सुदुर पेनाङ, इपो, जोहरबारु, कुलाङ लगायतका ठाउबाट सहभागिता जनाउनुहुने सबैलाई सभापति जीबन देवानले धन्यवाद ज्ञापन गरेका थिए भने गजलकार श्रीजन श्रीले कार्यक्रमलाई संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *