साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

 मकवानपुर घर भएकी उर्मिला गोले ४/५ महिना अघि सुन्दर भविष्यको मिठो परिकल्पना गर्दै कुबेत पुगेकी उनि पैसा कमाउन नपाउदै घाइते (खुट्टा मा फ्याक्चर) भएर बडो मुस्किलले स्वदेश फर्केको र उपचार गर्न नसकी सहयोगको याचना गरेको  समाचारले हामीलाई मर्माहित बनायो र हामी साहित्यिक विशुद्ध संस्था भए नि एक मानवताको नाताले चुप चाप बसिरहन  सकेनौं र संस्थागत अन्लाइन मिटिंग बसी यस सम्बन्धि छलफल गर्यौं संस्थाको अध्यक्ष काजल घिमिरे (नानु)को सक्रियतामा सहयोग रकम जुटायौं ।

एक दिदी, एक आमाको त्यस पीडामा मल्हम लगाउन सबै स्वत स्फुर्त सहयोगी मनहरु अघि बढे र हामी संस्था भित्रका सम्पूर्ण कार्यकारी पदाधिकारीबाट स्वोयिछिक सहयोग उठाई यहीं असार २४ गते हस्तान्तरण गरिएको हामी (विश्वनेपाली नेपाली साहित्य महासङ्घ इज़रायल साखा (GFNL) केन्द्रलाई सहर्ष जानकारी गराउदछौं ।

विश्वनेपाली नेपाली साहित्य महासङ्घ इज़रायल साखा-GFNL ले उर्मिला गोलेको उपचारको लागि नेपाली बीस हजार साठ्ठी (२०,०६०) रुपैयाँ पठाएको थियो । उक्त रकम रोजगार मिडियाको सक्रियतामा एक कार्यक्रमका बीच हस्तान्तरण भएको थियो । विश्वनेपाली नेपाली साहित्य महासङ्घका केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठको रोहबरमा  विभिन्न व्यक्तित्व र पत्रकारको उपस्थितिमा सहयोग रकम  निर्मल प्रसाद घिमिरेले हस्तान्तरण गर्नु भएको थियो ।

सुनिता (यासिन) राई
महासचिव
विश्वनेपाली नेपाली साहित्य महासङ्घ, इज़रायल