नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना

सूचना

विश्वनेपालीसाहित्यमहासङ्घ, विश्व केन्द्रीय समितिको १३ जुलाई २०१३ देखि १३ जुलाई २०१६ सम्मको कार्यकालको लागि निर्वाचन गर्ने निर्णय अनुसार तोकिएको मिति (७ जुन २०१३) भित्र उम्मेदवारी मागिएकोथियो । सो अवधि भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको थियो ।
gfnl
अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई)
उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया/नेपाल)
उपाध्यक्षः वेद दाहाल (अमेरिका)
उपाध्यक्षः मनि राई ‘गोठाले’ (मलेशिया)
उपाध्यक्षः सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत)
महासचिवः समदर्शि काँइला (युएई)
सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया/नेपाल)
संगठनसचिवः हरि शिवाकोटि (क्यानडा)
उपसचिवः देवेन्द्र खापुङ (नेपाल)
आर्थिक सचिवः केदार संकेत (अफगानिस्तान)
आर्थिक सहसचिवः जीबन देवान (मलेशिया)
सदस्यः डा. लोकनाथ काफ्ले (ताइवान)
सदस्यः तीर्थ संगम राई (कतार)
सदस्यः दीप दर्शन शाही (मलेशिया)
सदस्यः नगेन्द्र इङनाम (अमेरिका)
सदस्यः गोविन्द गौतम (रसिया)

उम्मेदवार मध्ये कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा वा कुनै उम्मेदबारको उम्मेदवारीको बारेमा महासंघका कुनै सदस्यको बाधा विरोध भएमा मिति १५ जुन २०१३, बेलुकी ५ बजे (यु.एस.प्यासिफिक समय) भित्रमा जानकारी गराउन अनुरोध गरिएको थियो ।
सो समय सीमा भित्र कसैलेआफ्नो उम्मेदवारी फिर्ता नलिएको र उम्मेदवारहरुको बारेमा कुनै बाधा विरोध पनि नआएकोले उपर्युक्तपदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु |

नव निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकालको सफलताको कामना समेत गर्दछु ||

मुरारिराज शर्मा
निर्वाचन आयुक्त
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति
gfnl@outlook.com
www.gfnl.org

२८ जुन २०१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *