साहित्य महासङ्घको केन्द्रीय नेतृत्व चुनाव आगामी २८ जुनमा हुने

ब्रुनाई,
२ मार्च २०१३, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वको लागि आगामी २८ जुनमा निर्वाचन हुने भएको छ ।

नयाँ नेतृत्व निर्माण अघि नै सम्पूर्ण शाखाहरुलाई महाधिवेशन गर्न साथै आजीवन तथा संरक्षक सदस्यता वितरण गर्नुपर्ने निर्णय गरयो । निर्वाचनमा भाग लिनको लागि निर्वाचनको मिति भन्दा ३ महिना अघि नै सदस्यता लिएको हुनु पर्नेछ । निर्वाचनलाई सहजरुपबाट सम्पन्न गर्न सल्लाहकार तथा पूर्व राजदुत मुरारीराज शर्मा (बेलायत) लाई निर्वाचन आयुक्तमा सर्वसम्मत चयन गरयो ।
gfnl
महासङ्घको नियमित बैठकमा रसियाबाट सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ, वेलायतबाट उपाध्यक्ष सुरेसजंग शाह, सल्लाहकार मुरारीराज शर्मा, थाइल्याण्डबाट केन्द्रीय पार्षद खगेन्द्र पन्धाक, मलेशियाबाट पार्षद दीपदर्शन, ब्रुनाईबाट कोषाध्यक्ष सुरेन्द्र इङनाम, महासचिव विश्वासदीप तिगेला, र रसियाबाट अध्यक्ष डा. मधु माधुर्य लगायतको सहभागिता रहेको थियो । केन्द्रीय समितिको बैठक अघि सम्पन्न सचिवालयको बैठकबाट प्राप्त बुंदाहरु उपर ब्यापक छलफल गरि निर्णय गरिएको थियो ।

नेतृत्वको लागि उम्मेदवार बन्न चाहाने साहित्यकारले नेपाली रुपैया ५ हजार देखि २५ हजार सम्म शुल्क बुझाउनु पर्ने समेत निर्णय गरयो । वर्तमान नेतृत्वमा रहेका सदस्यहरु मध्ये कसैले सदस्यता शुल्क अझै तिर्न बाँकी रहेको भए चाडै तिर्नुपर्ने अन्यथा स्वतः खारेज हुने समेत निर्णय गर्यो ।

साहित्य महासङ्घको हाल विश्वभरका विभिन्न ११ मुलुकमा १३ वटा शाखा साथै ४ वटा साहित्यिक संस्थाहरुको आबद्धता रहेको छ । त्यस्तैगरि विश्वभरबाट २ दर्जन आजीवन तथा संरक्षक सदस्यहरु रहनु भएको छ । सम्पूर्ण नेपाली साहित्यलाई समेट्ने उद्देश्यले सन् २०१० को भानुजयन्तिको दिन यस महासङ्घको औपचारिक स्थापना भएको हो । निर्वाचनको लागि बिस्तृत जानकारी सस्थाको वेवसाइट जिएफएनएलडटअर्ग मा उपलब्ध गराइएको छ ।

बैठकले केन्द्रीय सल्लाहकार डा. कविताराम श्रेष्ठ अस्वस्थ हुनुभई वेलायतको गीलफोर्ड हस्पिटलमा भर्ना हुनुभएको कारण वहाको शिघ्र स्वास्थ्य लाभको समेत प्रस्ताव पारित गर्यो ।

गत २८ फेब्रुवरी २०१३ का दिन सम्पन्न केन्द्रीय समितको बैठक (भेला) बाट पारित बुदाहरुः

शाखा प्रगति प्रतिवेदनः
अनुकुलता अनुसार जतिसक्दो चाडो केन्द्रीय समितिमा पठाउने । अन्तिम मिति चाहि १ जुन २०१३ अघि पठाई सक्नु पर्नेछ ।

निर्वाचन आयुक्त बढिमा ३ जनाः
क. सल्लाहकार मुरारीराज शर्मा
ख.
ग.

शाखा महाधिवेशन मितिः
२८ मे २०१३ अघि सम्पन्न गरि सक्नु पर्नेछ (केन्द्रीय समितिको निर्वाचन मिति भन्दा १ महिना अघि)

उम्मेदवारी दिने समयसिमाः
१ देखि ७ जुन २०१३ भित्र उम्मेदवारी दर्ता गराउने

उम्मेदवार बन्नको लागि शुल्कः
क. अध्यक्षः नेरु २५ हजार
ख. उपाध्यक्षः नेरु १२ हजार
ग. महासचिवः नेरु १० हजार
घ. कोषाध्यक्ष, सचिव, उपसचिव, संगठन सचिवः रु ८ हजार
ङ. सदस्यः नेरु ५ हजार
(पुरै प्यानल घोषणा गरे जम्मा शुल्क बाहेक ३५ हजार बढि तिर्नु पर्नेछ । ४ जनाभन्दा बढिको समुहगत उम्मेदवारलाई प्यानल मानिनेछ ।)

संरक्षक, आजीवन सदस्य समयसिमाः
१३ अप्रिल अघि संरक्षक तथा आजीवन सदस्य बन्नेले निर्वाचनमा भाग लिन पाउनेछ ।

नयाँ नेतृत्वको निर्वाचन तथा घोषणाः
२८ जुन २०१३

नयाँ नेतृत्वको कार्यभारः
१३ जुलाई २०१३ देखि शुरु हुनेछ

केन्द्रीय नेतृत्वलाई सूचना
हालका केन्द्रीय नेतृत्वहरु अझै आजीवन वा संरक्षक सदस्य नबन्नु भएको भए निर्वाचनको मिति भन्दा ३ महिना अघि नै बनी सक्न आग्रह गर्ने अन्यथा निर्वाचनमा सहभागि बन्न बंन्चित भएको मान्नु पर्नेछ ।

केन्द्रीय समिति आर्थिक प्रतिवेदनः
संरक्षक सदस्य ४ जनाको प्रतिब्यक्ति २५ हजार जम्मा रु १ लाख
आजीवन सदस्य १८ जना प्रतिब्यक्ति ५ हजार जम्मा रु ९० हजार
प्राप्त ब्याज तथा छिटफूट गरि जम्मा ५ हजार
जम्मा महासङ्घको पूजी रु १,९५,००० (अक्षरेपी एक लाख पन्चानब्बे हजार) हाल सुरक्षित

थप प्रष्टाईः
उम्मेदवारी दर्ता शुल्क थोरै राख्नुको कारण नेपाल लगायत अन्य मुलुकबाट पनि उम्मेदवारी बन्न सहजहोस भन्ने हो । निर्वाचनमा नगई प्रजातान्त्रिक प्रकृया बन्न सक्दैन तर धेरै अन्य संघसंस्थाहरुमा प्यानलप्यानल चुनाव हुदा फूट तथा झगडा भएको अनुभव हामीले गरि सक्यौ त्यसैले पूरै प्यानल बनाएर चुनाव लड्न प्रोत्साहन नहोस भनी जम्मा उम्मेदवारीको शुल्क बाहेक ३५ हजार बढि तिर्ने ब्यवस्था गरिनु सान्दार्भिक ठानिएको हो । संस्थाको हितको खातिर सहमति मै नयाँ नेतृत्व बनाउने कोसिस हुनुपर्छ भन्ने मान्यता रहेको छ । त्यस्तैगरि महासङ्घ संचालनको लागि परिपक्क सिस्टम निर्माण नभइसकेको कारण काम गर्न चाहाने दक्ष युवा शक्तिलाई प्रोत्साहन गर्नु उपयुक्त हुन सक्दछ । त्यसपछि प्रत्येक ३ बर्षमा नेतृत्व परिवर्तन हुने भएकोले महत्वपूर्ण योगदान दिनुभएका अग्रजहरुलाई पनि नेतृत्वको लागि अनुरोध गर्नुपर्ने हुन्छ । संरक्षक तथा आजीवन सदस्य साथै शाखा निर्माणको लागि समायावघि तोक्नुको कारण भोलि चुनावमा अनावश्यक समस्या नहोस भन्ने उद्देश्य हो ।

70total visits,1visits today

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *