विश्वास त कसम, खाएर पाउनु भो (रुद्र बहादुर श्रीस)

इज्जत त गीत गाएर पाउनु भो
विश्वास त कसम, खाएर पाउनु भो

भन्नुहुन्छ गर्छु गर्छु, तर, गर्नु नै हुन्न
माया त केवल माया, लाएर पाउनु भो

दुनियाँमै नभएको नौलो, कुरा भन्नुहुन्छ
मनको सन्तोष मेरै सामु, आएर पाउनु भो

सुरू–सुरू नौलो जस्तो, चीज सम्झेँ मैले
मात्र दुःख भेट्न भनी, धाएर पाउनु भो

सुख सयल ऐस आराम, नखोजेर गर्दा
सच्चा चोखो दिललाई, चाहेर पाउनु भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *