चोट मात्रै दिँदा पनि (कुमार श्रेष्ठ ‘यात्री’)

चोट मात्रै दिँदा पनि तिमी मन पर्छ किन ?
आँसु झार्न हुन्न भन्थेँ आज आफै झर्छ किन ?

भुल्न खोज्छु तिमीलाइ छाँया बनी पछ्याउछौ
टाढा जान्छु भन्छौ फेरी किन मेरो यादमा आउछौ ?
पराइ सोच्दा पनि मुटु तिमी माथी मर्छ किन ?
चोट मात्रै दिन्छौ तिमी तर मन पर्छ किन ?

तिम्रो तन मन अब पराइको नासो भयो
आँसु दिने मेरो माया दुनियालाइ हाँसो भयो
तिम्रो सानो दुखले नै मेरो खुसी हर्छ किन ?
चोट मात्रै दिन्छौ तिमी तर मन पर्छ किन ?

चोट मात्रै दिँदा पनि तिमी मन पर्छ किन ?
आँसु झार्न हुन्न भन्थेँ आज आफै झर्छ किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *