भि.सी. लिम्बुलाई सम्मान र लाहुरे फिल्मका निर्देशक घिमिरेलाई पुरस्कार प्रदान

काठमाडौ, ७ अगस्त २०१२, विश्व नेपाली साहित्य महासंघ आबद्ध प्रवासी नेपाली साहित्य समाज, वेलायत/ब्रुनाईले यस बर्षको प्रवासी प्रभात पुरस्कार तथा सम्मान प्रदान ग-यो ।

रिपोटर्स क्लब काठमाडौमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि माननीय शिक्षा मन्त्री दीनानाथ शर्माले वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेलाई नगद ३१ हजार १ सय र ताम्रपत्र सहित यस बर्षको प्रवासी प्रभात पुरस्कार २०१२ र प्रवासी प्रभात सम्मान रिटायर्ड क्याप्टेन रामबहादुर लिम्बु भि.सी.लाई प्रदान गर्नुभयो । त्यस्तै साहित्यकार केदार सुनुवार संकेतलाई प्रसंसापत्र प्रदान ग¥यो ।
वेलायती सेनामा सेवारत स्रष्टाहरुको यस समाजले बर्षबर्षमा सडक बालबालिकालाई लताकपडा वितरण, प्राकृतिक विपदको बेला आपतकालिन सहयोग लगायत विभिन्न कल्याणकारी काम गर्दै आएको छ । समाजको गतिविधिहरुलाई संग्रह गरिएको पल्टनघर नामक पत्रिकाको समेत प्रमुख अतिथि मन्त्री शर्माले विमोचन गर्दै प्रवासी नेपालीहरुको प्रसंसा गर्नुभयो । वेलायती सेनाको सर्वोच्च पदक भिक्टोरियाक्रस विजेता रामबहादुर लिम्बुको बारे लेखिएको लेख पाठ्यक्रमबाट हटाइएकोमा खेद ब्यक्त गर्दै पुनः राख्नको लागि पहल गर्ने बचन दिनुभयो ।

सम्मानित तथा पुरस्कृत स्रष्टाहरुको बारेमा निर्माण गरिएको छोटो बृत्तचित्र कार्यक्रममा प्रदर्शन गरिएको थियो । म त आफ्नो काम गरिरहेको मान्छे किन पुरस्कार दिनुभयो भनी प्रश्न गर्दै भावुक बनेका घिमिरेले आभार ब्यक्त गर्नुभयो । घिमिरे दार्जिलिङमा जन्मिएर नेपाललाई कर्मभूमि बनाउदै आउनु भएको छ । वहाले लोकप्रिय लाहुरे फिल्म लगायत दुईदर्जन बढि फिल्म निर्देशन गरिसक्नु भएको छ । त्यस्तैगरि भी.सी. लिम्बुले बहादुरी पाएको कथा सुनाउदै प्रसन्नता ब्यक्त गर्दै समाजलाई धन्यवाद दिनुभयो ।
वेलायतमा सन् २००१ स्थापित साहित्य समाजले यसअघि वरिष्ठ साहित्यकार कृष्ण धरावासी, गणेश रसिक, नोर्देन तेन्जिङ भुटिया लगायत गतबर्ष जेलभित्रै रहेका डि. बी. बमजनलाई सम्मान प्रदान गरि सकेको छ ।

समारोहको सभापतित्व समाजका अध्यक्ष विश्वास दीप तिगेलाले गर्नुभएको थियो भने सहभागि सबैलाई उपाध्यक्ष मिलन चाम्सले स्वागत गर्नुभएको थियो । गैर आवासिय नेपाली संघका केन्द्रिय महासचिव तेन्जी शेर्पा लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सचिव किसन राईले गर्नुभएको थियो । पत्रकारहरुको ठूलो भिडमाझ सम्पन्न उक्त समारोहलाई नेपाली समाचारडटकमले अनलाइन मार्फत लाइभ प्रत्येक्ष प्रसारण गरेको थियो । उक्त कार्यक्रमको पुरा भाग यहा http://youtu.be/G-Y3bMP7CHA हेर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *