आँखा भरी लालिगुराँश फुलाएर आएँ (कोमल भट्ट)

आँखा भरी लालिगुराँश फुलाएर आएँ, हजुर l
अन्तर्मनमा हरियाली झुलाएर आएँ, हजुर l

छोड्नै गाह्रो आफन्त र साथिसंगी सबलाई l
मायालुलाई सम्झनामा भुलाएरआएँ, हजुर l

शरीर पुग्यो दूर देशमा काट्यो सयौं डाँडा l
मष्तिष्कलाई त्यतैतिर डुलाएरआएँ, हजुर l

कोही रुन्छन सम्झिएर कोही बिर्सिदिन्छन l
मैलेचाँहि दिलको ढोका खुलाएर आएँ, हजुर l

मर्नु बाँच्नु कसले जान्ने ? नियति को खेल l
अर्को पल्ट भेट्ने आशा चुलायेर आएँ ,हजुर l

– काठमाडौँ
हाल: न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *