कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा (नरेश नाति)

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा
असह्य भो जीउन मलाई दुःख को यो संसारमा

किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो
सबै कुरा पूरा भई, खुशी छाए जस्तो
कति बोल्नु झूठो कुरा दुनियाँको नजरमा
असह्य भो जीउन मलाई, दुखिया यो संसारमा

वेइजती पो हुने हो कि नलुकाए दुःख
लुकाएर आफ्नो दुःख कहाँ हुन्छ सुख
कति छेक्नु मनको पीर दुनियाँको नजरमा
असह्य भो जीउन मलाई, दुख को यो संसारमा

-सेरिया, ब्रृनाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *