म मरुं तर मेरो देशले मर्नु नपरोस (बुद्ध गौतम ‘आंसु’)

म मरुं तर मेरो देशले मर्नु नपरोस
पराइको पाउपरि आँसु झर्नु नपरोस्

आफ्नै स्वतन्त्रतामा बाचिरहोस् मेरो देश
कही कसैको गुलाम् गर्नु नपरोस्

गोर्खाली हौं बहादुरी छौ, गरी खाने पाखुरी छन्
कुनै बिदेसिको भर पर्नु नपरोस्

अनगिन्ती स्रोतहरु काफी छ्न् हाम्रो
…मागेको भिखले छाक् टर्नु नपरोस

गिद्दे नजरहरु यत्रतत्र घुमिराछन् यहा
मेरो देशले अस्मिता हर्नु नपरोस्

पिठ्यौमा कुम्लो बोकी, अर्को हातले लौरी टेकी
बुढी आमा रुंदै बसाई सर्नु नपरोस्

आफ्नै आफ्ना द्स्मन बनी निसनामा दाउ पार्दा
रगतको खोली फेरी तर्नु नपरोस ।

budda.ramechhap@facebook.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *