साक्षी (सन्तोष लामिछाने)

भावनाको घोप्टेभीर
मनको जोगिमारामा घुम्ती बदल्छ
अनि आकांक्षाका खोरियामा
कुकुर जोघाइ सुरु हुन्छ

रित्तोपन लुकाउदै
शासकहरु हात बाधेर
मुकुण्डो कसाउछन्
अनि एउटा नौटंकी
जिन्दगी सुरु गर्छ

पहिराहरु आतुर छन्
धरातल उत्याउृन
भूकम्पहरु खुट्टा उचाल्छन्
धर्ती हल्लाउन
बाढीहरु सल्बल हुन्
सिर्जना बगाउन

ध्वजा पताका फिजारिन्छ
रंगमञ्ज सजिन्छ
गीत रचिन्छ
संगीत पस्किइन्छ
विस्तारै चिहान उड्न थाल्छ
सपना विपना जस्तै लाग्न थाल्छ
दर्शक भ्लिन्छन्
सिठ्ठी बजाइन्छ
ताली पड्काइन्छ
विश्वविद्यालयहरु निरर्थक हुन्छन्
प्राध्यापकहरू घुडा टेकेर
ज्ञानको भीख माग्न थाल्छन्
ढुंगाका मुर्तीहरु
मैतालाका डोबहरुले भरिन्छन्
बुद्धिजीवीहरु भडखारामा पुरिन्छन्
तक्मा भिर्ने मै हु भन्नेहरु
बन्दीगृहका कैदमिा चुनिन्छन्

कोलाहल ठप्प छ
मस्तिष्क थाङ्नामा सुत्दछ
निडर निरुत्साहित
एउटा साक्षी
सिर् हेरिरहन्छ
सुनिरहन्छ
आ“खा खोलेर अनि आखा बन्द गरेर
सधैं व्यूझिरहन्छ
अनवरत
एउटा साक्षी व्यूझिरहन्छ
व्यू“झ्याइरहन्छ ।

– काभ्रे, हालः अमेरिका
lmn.santosh@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *