सम्झेर दुख्यो मुटु (नवराज बुढा ‘नवीन उदासी’)

गजल

सम्झेर दुख्यो मुटु अतीतका खाटाहरूमा
तड्पिएर बस्यौ होला पर्खाइका बाटाहरूमा ।

भक्कानिएर दुख्दा यो मन सम्झी­सम्झी
बिलौना काटी आज रुँदैछौ कि माटाहरूमा ।

जती दुःख परे’नि मनलाई सम्हाली बस्नु
दुःख सुख यस्तै हो जीवनका पाटाहरूमा ।

प्रतीक्षाको घडी हेरेर टोलाउँदा एकान्तमा
कतै तिम्रो मन आज फाट्यो कि फाटाहरूमा ।

बिन्ती हजुर छ उनलाई दुःख नदेऊ भन्दै
सधैँ शिर झुकाउँछु चन्द्र सूर्य राताहरूमा ।

– मलेशिया

4 thoughts on “सम्झेर दुख्यो मुटु (नवराज बुढा ‘नवीन उदासी’)

  1. Dhanyabad ! GFNL pariwaralai.
    mero prakashanokh gajal sangrah ‘Parkhaika batarahru’ ko lagi lekhiyeko shirshak gajal prakashan gari dinu bhayekoma.
    hriday dekhi nai aabhari chhu..

  2. जती दुःख परे’नि मनलाई सम्हाली बस्नु
    दुःख सुख यस्तै हो जीवनका पाटाहरूमा । ……….. ekdamai man chhoyoooo nabaraj ji. keep it up.

  3. याख्खा जी, हार्दिक धन्याबाद मिठो कमेन्टको लागी..

  4. Aashako Bato heri, Jaleki 6u Sanu
    Bishwashi Murti Bani, Adeki 6u sanu

    Timi Buj6au Ra Kasari Yo Manko Katha
    Timro Byogle Ma Ta, Galeki 6u Sanu

    ……..

    Gajal Akdam Mitho Lagyo…. Namaraj Ji

Leave a Reply

Your email address will not be published. Required fields are marked *