कविता शर्मा


यो मुटुमा पिर व्यथा सल्किने पो होकि
आखावाट आसु बनि छल्किने पो होकि

कथा सुन्दा यौटै लाग्थ्यो हामीहरु सबको
घाटी भन्दा हाड ठुलो अड्किने पो होकि

गार्हो पर्छ की त माया साची राख्नलाइ
निर्गतिलो संबन्ध नै खड्किने पो होकि

सम्झननि डर लाग्छ समाज को रिति
सपनिमा बिउझे झैँ झस्किने पो होकी

– इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *