विश्व नेपाली साहित्य महासंघको प्रथम बैठक बस्दै

गत महिना भानु जयन्तिको दिनमा स्थापना भएको विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको औपचारिक बैठक यहि १४ अगष्टको दिन विश्वब्यापी टेलिकन्फिरेन्सको माध्यमबाट बस्ने भएको छ ।

नेपाली साहित्यको श्रीबृद्धिको लागि स्थापित यस महासंघले तत्काल गर्नुपर्ने कामहरुको बारे लगायत विविध विषयमा छलफल गर्ने कुरा महासंघले जनाएको छ ।

स्थापना भए लगतै विनेसाम रसिया शाखा स्थापना भएको छ भने यहि हप्ता भित्रै अमेरिका शाखा पनि निर्माण हुने कुरा जानकारी प्राप्त भएको छ । त्यस्तै गरि साउदी अरब शाखा स्थापनाको लागि आब्हान भईसकेको छ । त्यस्तै गरि यहि महिनाको अन्तमा मलेशिया शाखा पनि घोषणा हुने जानकारी प्राप्त भएको छ ।

यस महासंघमा सम्बन्धनको लागि सर्वदा वाङमय साहित्य प्रतिष्ठान युएई र वेलायत तथा ब्रुनाईमा सक्रिय प्रवासी नेपाली साहित्य समाजबाट आधिकारिक पत्र प्राप्त भएको जनाईएको छ । यी दुवै संस्था लगायत सम्बन्धन प्राप्त साहित्यिक संस्थाको संख्या ५ पुगेको छ ।

महासंघको विधान निर्माण कार्य लगभग सिद्धिएको र छलफल तथा बहसको अवस्थामा रहेको कुरा जानकारी प्राप्त भएको छ । त्यस्तै गरि संस्थाको लोगो डिजाइन पनि सिद्धिएको छ ।

यस पटकको बैठकमा रिक्त रहेको पदपूर्तिको बारेमा छलफल तथा महासंघमा प्रतिनिधि आउन बाँकी रहेको मुलुकहरुबाट सहभागिता गराउन सम्पर्क गर्ने सम्बन्धमा पनि छलफल हुने कुरा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *