पोर्चुगलमा साहित्य अनुरागीहरुको भेटघाट हुने

विश्वभरका विभिन्न मुलुकहरुमा छरिएर रहेका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति तथा नेपाली साहित्यको विकास विस्तार सुधार र सम्बर्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न स्थापना भएको विश्व नेपाली साहित्य महासघंको पोर्चुगलमा समेत शाखा निर्माण गर्ने कार्यक्रम रहेको छ।

आगामि जनवरी ९ तारिख आइतबारका दिन साहित्यिक कार्यक्रम सहित सम्पन्न हुने उक्त भेटघाट तथा शाखा गठन कार्यक्रममा आफ्ना रचनाहरु सहित उपस्थित हुन विश्व नेपाली साहित्य महासघंका केन्द्रिय सदश्य भीम के सी कमलले पोर्चुगलमा रहेका सम्पूर्ण साहित्य अनुरागीज्यूहरुलाई हार्दिक अनुरोध गर्नु भएको छ।

स्थानः एनआरएन पोर्चुगलको सभाकक्ष, रोसियो, लिस्बन

मिति: ०९/०१/२०११ आइतबार दिनको ३.०० बजे

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारीको निमित्त सम्पर्क:

भीम के सी कमल – ९१४९०७८८८

सिता बराल – ९१६५७४८०७

-निर्दोष के सी
लिस्बन

Leave a Reply

Your email address will not be published. Required fields are marked *