साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न

गत २८ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न भयो ।

बैठकमा लण्डनबाट नेपाल सम्बन्धि सुचना सुधार कार्यदलका संयोजक मुरारीराज शर्माले बृटिस म्युजियमले बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत जानकारीलाई गत ११ डिसेम्बरका दिन सुधार गरियो भन्ने ब्यहोराको म्यूजियमबाट प्राप्त पत्रलाई पढेर सुनाउनु भएको थियो । महासंघ अन्तर्गतको कार्यदलले केही समय अघि सच्याउन आग्रह गर्दै म्यूजियमलाई औपचारिक पत्र लेखेको थियो । त्यसै गरि कोरियामा रहेको एक म्यूजियममा पनि गलत जानकारी भएको बारे छलफल चल्यो र उक्त कुरा पत्ता लगाई सुझाव दिने निर्णय गरयो । अव उप्रान्त ब्रिटिस म्युजियमबाट सुधार गरेको भन्ने ब्यहोराको पत्रनै महत्वपूर्ण आधार हुनेकुरा संयोजक शर्माले बताउनु भयो ।

सिर्जना बाचनको कार्यक्रमबाट शुरु भएको बैठकले विभिन्न विषयहरुमा छलफल गरि निर्णय गरयो । साहित्य महासंघले प्रकाशन गर्न लागेको साहित्यिक पत्रिकाको सम्पादक मण्डलमा केन्द्रिय सदस्य देबेन्द्र सुर्केलीलाई थप गरयो । त्यस्तै गरि महासंङ्घको पुरस्कार तथा सम्मान स्थापनाको लागि गठित कार्यदलको सल्लाहकारमा केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र इङनामलाई चयन गरयो भने कोषाध्यक्षले हाल सम्म महासंघको कोषमा २ लाख ८५ हजार रहेको र त्यस मध्य गत विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ मा १ लाख खर्च भएको बताउनुभयो । त्यस्तै गरि विभिन्न मुलुकमा रहेका साहित्य महासंघका शाखाहरुलाई साहित्यिक गतिविधिमा स्वस्थ सहभागिता राख्नको लागि निर्देशन जारी गरयो । महासंघ संग आबद्ध तथा इच्छुकहरुलाई आजीवन सदस्यता वा संरक्षक सदस्यता लिन पनि आग्रह गरयो ।

बैठकमा भिम कमल (पोर्चुगल), सागर श्रेष्ठ (साउदी अरेयिबा), समदर्शि काँइला (युएइ), मोहन परदेशी (नेपाल), नम्रता गुरागाई (अमेरिका), पुरानोघरे (अमेरिका), गोविन्द प्रसाद गौतम (रसिया) दिप दर्शन (पेनाङ, मलेशिया), राजेश रुम्बा (कतार), सोम सापकोटा (डेनमार्क), देवेन्द्र खापुङ (नेपाल), सुरेसजङ्ग शाह (बेलायत), विश्वास दीप तिगेला (ब्रुनाई), खगेन्द्र लिम्बु (थाइल्याण्ड), रमेश पौडेल (नेपाल) र मधुमाधुर्य (रसिया) लगायतले आ-आफ्नो सिर्जना बाचन साथै सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *