एउटा तिम्रो निम्ति (गीता पन्थ)

सबै सबै त थियो मसँग
हेर न एउटा तिम्रो निम्ति
कति धेरै आफन्तहरुका छाडेर आएँ
गुराँस, हिमाल, पहाड, पाखा पखेरा
कति गर्नु तिनीहरुका कुरा
सबै सबै त थियो मसँग
घाम आफ्नै घाम उदाउने खुला छानो
माया अभिसिंचित उर्वर माटो
संस्कारका नालीबेली नदीहरु
भाइचाराले लहलह झुल्ने मनको फाँट
अपनत्वको ढकमक्क सयपत्री
के थिएन हँ मसँग ?
सबैभन्दा ठूलो आमा थिइन
दाजु-भाइ दिदी-बहिनी थिए
सन्चो बिसन्चो सोधिरहने छिमेकी
खाए नखाएको खबर लिने आफन्त
सीमाहीन प्रेमिल सम्बन्धका पीपल जराहरु
के थिएन हँ मसँग ?
अभावमै परितृप्त नामको
बोझिलो खास्टो
आत्म स्वाभिमानले गौरवान्वित
सुगन्धित माटो
आफ्नैपन बोकेर उदाउने पूर्णेको जुन
भालेको डाकसँगै उड्ने चेतनाको
शंखघोष
प्रेमील, स्पन्दित हृदयको
गैरीखेत
सबै-सबै छाडेर आएँ
एउटा ति म्रा निम्ति हेर त
प्रिय
सम्झौता गरेर आएँ स्वाभिमानसँग
एउटा अध्याय सकिएको छ यतिबेला
जीवन हो जसरी पनि बाँच्न सिक्नुपर्छ
एउटा ति म्रो निम्ति
यो महासागरमा
शुन्य बनेर आएँ ।।

– न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *